गृहपृष्ठ ∕
राजनीति ∕
सरकारको चरित्र सहमति गर्ने तर कार्यान्वयनबाट भाग्ने – सचेतक बर्तौला सरकारको चरित्र सहमति गर्ने तर कार्यान्वयनबाट भाग्ने – सचेतक बर्तौला

फाइल फाेटाे
काठमाडौँ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारले सहमति गरेपनि कार्यान्वयन गर्न भने नसकेको भन्दै असन्तुष्टि जनाएका छन् ।
सचेतक बर्तौलाले सुन तस्करी प्रकणमा असोज ५ गते उच्चस्तरीय जाँचबुझ आयोग निर्माण गरि कार्य प्रारम्भ गर्ने सरकार र दलहरूबीच सहमति भएपनि उक्त सहमति बमोजिम अगाडी बढ्न र कार्यान्वयन गर्न अहिले सरकार तयार नभएको बताए ।
राजनीतिक सहमतिप्रति सरकारबाट ठुलो धोका भएको भन्दै उनले सुन लगायतको तस्करी र गैरकानुनी धन्दामा उच्चस्तरीय सरकारी संलग्नता प्रतिको आशंका झन बढेर गएको समेत बताएका छन् ।
‘आफैँले गरेको सहमतिलाई समेत लत्याएर राजनीति र संसदलाई घात प्रतिघात, धोकाधडी, अविस्वास र द्वन्द्वतर्फ धकेल्न सरकार प्रयत्नसिल रहेको हो कि भन्ने आशङ्काप्रति यस घटनाले सत्य प्रमाणित गरेको छ । यो देशको लागी असाध्यै दुःखद् र गम्भीर चिन्ताको विषय हो । यद्यपि, संवाद र छलफलको प्रयत्नलाई भने सकारात्मक रुपमै लिएका छौँ ।’ सचेतक बर्तौलाले सामाजिक सञ्जालमा भनेका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले
एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको
एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध
काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर
म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति