फिल्म ‘डंकी’ मा के छ विशेष भन्ने प्रश्नमा शाहरुख खानले यस्तो जबाफ दिए
एजेन्सी । बलिउडका बादशाह शाहरुख खान यतिबेला आफ्नो फिल्म ‘जवान’ को सफलताको मजा लिइरहेका छन् । फिल्मले हालसम्म ९ सय करोडभन्दा बढीको व्यापार गरिसकेको छ । अब फिल्मले चाँडै नै १००० करोडको जादुई अंक छुन्ने छ । अब यही वर्ष उनको अर्को फिल्म ‘डिंकी’ रिलिज हुँदैछ । हिजो राति शाहरुख खानले सामाजिक सञ्जालमा यस फिल्मको बारेमा भनेका थिए कि यो फिल्मको सबैभन्दा ठूलो विशेषता के हो ।
उनले आफ्ना फ्यानहरू र फलोअरहरूसँग अन्तरक्रिया गर्न आफ्नो सोशल मिडियामा प्रायः आस्क एसआरके सत्रहरू होस्ट गर्छन्। हालै, उनले यस्तै एउटा अन्तरक्रियात्मक सत्रको आयोजना गरे जहाँ उनलाई जवान, फ्यानमेड मेम्स र उनको आगामी फिल्म डंकीबारे धेरै प्रश्न सोधिएको थियो। यसै क्रममा एक फ्यानले शाहरुखलाई जवान र बलिउडका बादशाहको ठूलो सफलतापछि ‘डंकी’ ले के विशेष ल्याउला भनेर सोधेका थिए ।
डंकी फिल्ममा राजु हिरानी रहेको त्यो नै विशेष रहेको जबाफ उनले दिएका थिए । राजु हिरानीले बनाएका सबै फिल्मले बक्स अफिसमा सानदार कमाई गरेको रेकर्ड रहेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा
काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा
काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०
काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,
काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज
काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन