एजेन्सी । अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदवार बन्ने दावेदार निक्की हेलीले चीन अमेरिका र विश्वको ‘अस्तित्वका लागि खतरा’ भएको बताएकी छन् ।
भारतीय मूलकी नेतृ निक्की हेलीले पनि चीन ‘युद्धको तयारी गरिरहेको’ दाबी गरेकी छन् ।
न्यु ह्याम्पशायर प्राइमरी चुनावका लागि अर्थतन्त्रमा महत्वपूर्ण नीतिगत भाषण दिँदै हेलीले चीनले अमेरिकालाई हराउन आधा शताब्दी बिताएको र कतिपय अवस्थामा चीनको सेना अमेरिकी सेनाको स्तरसम्म पनि पुगेको बताइन् ।
निक्की हेलीले चीनले अमेरिकाको उत्पादन रोजगारी खोसिएको आरोप लगाएकी छन् ।
उनले भनिन्, ‘उनले हाम्रो व्यापारको गोप्य कुरा बुझे । अब यसले औषधिदेखि उन्नत प्रविधिसम्मका महत्त्वपूर्ण उद्योगहरूलाई नियन्त्रण गर्छ। छोटो समयमा नै चीन आर्थिक रूपमा पिछडिएको देशबाट विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा परिणत भएको छ । यसले कम्युनिष्ट पार्टीको नियत स्पष्ट पार्छ ।’