एजेन्सी । इंग्लिस क्लब आर्सनलका कप्ता मार्टिन ओडेगार्डले क्लबसँगको सम्झौता नवीरण गरेका छन् । उनले शुक्रबार क्लबसँग पाँच बर्षका लागि थप सम्झौता गरेका हुन् ।
जनवरी २०२१ मा स्पेनिस क्लब रियल मड्रिडबाट लोनमा सामेल भएका नर्वेका ओडेगार्ड अब आर्सनलसँग चौथो सिजनमा रहेका छन् । प्रिमियर लिगमा गत सिजन १५ गोल गरेका उनी सिजनको उत्कृष्ट खेलाडी समेत घोषित भएका थिए । मिडफिल्डबाट उनी आर्सनलका उच्च गोलकर्ता समेत रहे ।
‘नयाँ सम्झौतामा हस्ताक्षर गर्नु मेरो लागि साँच्चै सजिलो निर्णय थियो, हामी अहिले क्लबको रूपमा के गरिरहेका छौं, विशेष छ, र म त्यसको एक हिस्सा बन्न चाहन्छु ।’ ओडेगार्डले भने ‘म यहाँ आउने कुराको लागि साँच्चै उत्साहित थिएँ । मैले एउटा ठाउँ पाएको छु जहाँ म वास्तवमै बसोबास गर्न सक्छु र मेरो घर भन्न सक्छु ।’
आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले भने – ‘मार्टिनले नयाँ दीर्घकालीन सम्झौतामा हस्ताक्षर गर्नु भनेको आर्सनलसँग जोडिएका सबैका लागि राम्रो खबर हो । उनी हाम्रो कप्तान हुन् र हाम्रो क्लबमा एक धेरै सम्मानित व्यक्ति हुन्, जो एक उत्कृष्ट रोल मोडेल र पेशेवर हो, उसले गर्ने हरेक कुरामा गुणस्तर र परिपक्वता ल्याउँछ । पिचमा, जसरी सबैले देखेका छन्, मार्टिन उच्च गुणस्तरको युवा खेलाडी हुन् जसले लगातार यस्तो उच्च स्तरमा योगदान दिन्छन् ।’
२४ वर्षिय ओडेगार्डले आर्सनलमा लोनमा रहँदा १४ खेलमा १ गोल गरेका थिए भने आर्सनलमा पूर्ण रुपमा आवद्ध रहेपछि ७८ खेलमा २४ गोल गरेका छन् ।