Techie IT
२०८१ असोज ३, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनहास्य कलाकार राजा राजेन्द्रको ‘सालको पात’मा शिल्पाको अभिनय

हास्य कलाकार राजा राजेन्द्रको ‘सालको पात’मा शिल्पाको अभिनय


काठमाडौंँ। हास्य कलाकार तथा स्टयाण्ड अफ अमेडियन राजा राजेन्द्र पोखरेलले बैदेशिक रोजगारिको पिडामा निकै मार्मिक गीत ‘सालको पात’ ल्याएका छन्। गीतमा विदेशमा रोजगारीको सिलसिलामा गएका ब्यक्ति जेल पर्दा त्यसको परिवारमा पर्ने पिडा ब्यक्त गरिएको छ।

गीतमा शब्द तथा संगीत श्रमदीप चौलागाईको छ। गीतको एरेन्ज गोपाल रसाइलीले गरेका हुन्। गीतको भिडियोमा पनि बैदेशिक रोजगारिको सिलसिलामा विदेश गएएका एक ब्यक्ति विदेशको जेलमा पर्दा त्यसको परिवारले उसलाई नेपाल ल्याउन गर्ने बिभिन्न संघर्षको कथा बुनिएको छ। गीतको पिपडालाई भिडियो झन् दर्शाएको छ।

अभिनेत्री शिल्पा पोखरेल, सुरवीर पण्डित र युवराज गौतमकोको अलवा बालकलाकारको एलेक्स खड्काको अभिनय रहेको भिडियो निकै मार्मिक बनेको छ। भिडियोमा युवराजले विदेशिने युवक, शिल्पाले युवकको श्रीमती र सुरबिरले बुबा र बालकलाकारले छोरोको भुमिका निर्वाह गरेका छन्। युवराजको यो पहिलो भिडियो हो। पहिलो भिडियोबाटै उनले अभिनयमा राम्रो सम्भावना देखाएका छन्।

दिन्सन शाहको सम्पादन रहेको भिडियोको छायांकन तथा निर्देशन ज्ञानेन्द्र एस हुमागाईले गरेका हुन्। गीतले बैदेशिक रोजगारिमा जाने ब्यीक्तको पिडा ब्यक्त गरेकोले सबैले मनपराउने विश्वास आफुले लिएका गायक राजा राजेन्द्र पोखरेलले बताए। ‘हामीले गीत लामो समयसँग प्रथामिकता पर्ने हिसावले निर्माण गरेका हौ’, पोखरेलले भने ‘गीतले आपत्तमा परेका नागरिकलाई पनि झक झकाउछ।’

राजेन्द्रका अहिलेसम्म ४ गीत बजारमा आएका छन्। गायन पनि कलाकारिताको एउटा महत्वपुर्ण पाटो भएकोले आफुले अभिनयको अलवा गायन पनि गर्दै आएको पोखरेलले बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘चलचित्रको माध्यमबाट समाज रुपान्तरणमा योगदान’

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाज रुपान्तरणमा चलचित्र क्षेत्रको अतुलनीय योगदान रहेको बताएका छन् । संविधान दिवसको

‘होस्टेल–३’को छायांकन सुरु

काठमाडौँ । चलचित्र ‘होस्टेल–३’को छायांकन सुरु भएको छ । ललितपुरको कार्यविनायक मन्दिरमा शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको हो । मुहूर्त

यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड सम्पन्न

काठमाडाैँ । यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा) लण्डनको सम्पन्न भएको छ । शनिबार साँझ लण्डनको ग्रिनफोर्ड हलमा आयोजित

हिमाल श्रेष्ठ र शान्तिश्रीको मायाँ युकेको सार्वजनिक

काठमाडौँ । गायक हिमाल श्रेष्ठले आफ्नो नयाँ लोक दोहोरी भाका यतिबेला बजारमा ल्याएका छन् । गायक हिमाल श्रेष्ठले यो गीतको

चलचित्र ‘शाम्बाला’ आजदेखि प्रदर्शनमा

काठमाडाैँ । चलचित्र ‘शाम्बाला’ आजदेखि प्रदर्शनमा आएको छ । हिमाली सौन्दर्य र संस्कृतिको कथावस्तुलाई समेटेर बनेको यो चलचित्र नेपाली सिनेमामा

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘ज्वाईं साव’को गीत सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो । चलचित्र

Techie IT