Techie IT
२०८२ वैशाख ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनअमेरिकाबाट निर्देशक सुमनले ल्याए ‘तिमीलाई चाँडै…’

अमेरिकाबाट निर्देशक सुमनले ल्याए ‘तिमीलाई चाँडै…’


काठमाडौँ। बिगत ६ वर्षदेखि अमेरिकामा बस्दै आएका चलचित्र निर्देशक सुमन दाहालले आफ्नो निर्देशनमा नयाँ गीत ‘तिमीलाई चाँडै…’को भिडियो रिलिज गरेका छन्। यो गीतको भिडियोलाई उनले सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गरेका छन्।

यो आधुनिक गीतलाई प्रमोद खरेलले गायका हुन्। जसमा टिका भण्डारीको संगीत रहेको छ। अमेरिकामै बस्दै आएका गीतकार ईश्वर प्रवासीले यो गीत लेखेका हुन्।

निर्देशक सुमन दाहालले यो गीतको छायाँकन अमेरिकाको केन्टकी राज्यको लेन्जिनटन र लुइभिल शहर आसपासमा गरेका हुन्। त्यहाँका निकै सुन्दर दृष्य यो गीतको भिडियोमा समेटिएको छ। गीत जस्तै भिडियो पनि आकर्षण बनेको छ। अमेरिकामा रहेर पनि चलचित्र तथा म्युजिक भिडियो निर्देशनलाई सुमनले निरन्तता दिँदै आएका छन्।

प्रेम भावको रोमाञ्चक यो गीतको भिडियोमा मोडलद्धय भुवन लोहनी र निश्मा चापागाईंले अभिनय रहेको छ। भिडियोमा उनीहरुको जोडी जमेको छ। सुमनको निर्देशनमा भुवनको यो तेश्रो र निश्माको यो दोश्रो भिडियो हो। यस अघि भुवनले सुमनकै निर्देशनमा हेर्दा हेर्दै…र यो जीवन मिठो।।।गीतको भिडियोमा अभिनय गरिसकेका थिए। निश्माले यस अघि सुमनकै निर्देशनमा तिमीसँग छुट्टीएर….गीतको भिडियोमा अभिनय गरिसकेकी छिन्।

तिमीलाई चाँडै गीतको भिडियोमा महेन्द्र निरौलाको कोरियोग्राफी, भूपेन्द्र अधिकारीको सम्पादन, रेनिस फागोको रँग संयोजन, राम ढकालको पोष्टर डिजाईन रहेको छ। गीतको भिडियोलाई पवन गौतमले छायाँकन गरेका हुन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

Techie IT