Techie IT
२०८२ वैशाख ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थडिसहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान जारी

डिसहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान जारी


काठमाडौँ। डिसहोमले दशैँ तिहारलाई लक्ष्य गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको छ।

यस अभियानअन्तर्गत डिसहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकले हरेक हप्ता लक्की ड्र मार्फत नगद रु एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटीझैँ जीवनशैली अनुभव गर्न सक्नेछन्।

त्यस्तै, यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद रु दश लाख, मिडियामा प्रसिद्धि र सेलिब्रेटीझैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन्।

यस अभियानमा सहभागी हुन ग्राहकले डिसहोमको नयाँ कनेक्सन वा डिसहोम रिचार्ज गर्नुपर्ने हुन्छ।

डिसहोमका प्रवक्ता रजत थापा भन्छन्, ‘रमाइलो दशैँ तिहार चाडपर्वमा बर्षौ देखि हामीलाई साथ दिइरहनु भएका हाम्रा ग्राहकसमक्ष उत्कृष्ट मनोरञ्जन प्रदान गर्दै सुपरस्टार बन्ने रोमाञ्चक मौका प्रदान गर्न पाउँदा हामी उत्साहित छौँ। हामी आशा गर्छौ कि यो अभियानले उहाँहरुको पर्वमा थप चमक थप्नेछ।’

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिसहोमको सोकेस, सरोकार टिभी, रमाइलो टिभी, डिसहोमको आधिकारीक फेसबुक पेज र नेसनल टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण गरिनेछ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु

मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम

संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले

विद्युतीकरणपछि चन्द्रनगरका किसान मकैखेतीतर्फ आकर्षित

सर्लाही। चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै

नेप्सेकाे सीईओमा चूडामणि चापागाईं नियुक्त

काठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ

वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई

पर्सा । पर्साको वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ ।

डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि

Techie IT