Techie IT
२०८१ असोज २, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिनेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बस्दै


काठमाडौँ । आज नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बस्दैछ । आज दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्य समितिको बैठकमा मङ्सिर ११, १२ र १३ गते बस्ने महासमिति बैठकको तयारीबारे छलफल हुने जानकारी दिए ।

उनले भने, ‘‘महाधिवेशनमा नेतृत्व चयन गर्‍यौं । नीति अधिवेशनका लागि केन्द्रीय कार्य समितिको यसअघिको बैठकले नीति महाधिवेशनले निर्दिष्ट गरेको सबै काम महासमितिले गर्ने निर्णय गरेको थियो ।” नीति महाधिवेशनको लागि महासमितिको बैठक बस्नुपर्ने उनको भनाइ छ ।

उनले महासमिति बैठकमा पारित गरिने नीति र कार्यक्रमको तयारी सम्बन्धमा छलफल हुने बताए ।

यसैगरी, कांग्रेसको गत साउन २ देखि १० गतेसम्म बसेको केन्द्रीय कार्य समितिले तय गरेको विभिन्न कार्यक्रमको कार्यान्वयन, उपलब्धि सम्बन्धमा समिक्षा हुने उनले जानकारी दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ललितपुर क्विन्सले ट्यालेन्ट हन्ट गर्ने

काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (ईडब्लूभीएल)को टोली ललितपुर क्विन्सले असोज ५ गते ट्यालेन्ट हन्ट गर्ने भएको छ । जावलाखेलस्थित

प्रदेश सरकारलाई बलियो बनाएमा गणतन्त्र मजबुत हुन्छ: मधेस मुख्यमन्त्री सिंह

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारलाई बलियो बनाएको खण्डमा मात्र लोकतन्त्र, गणतन्त्र मजबुत भइ संविधान बलियो हुने

जोमसोममा बसपार्क सञ्चालन

म्याग्दी । १८ वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले १६ देशका लागि नेपाली राजदूतको नाम अनुमोदन गरेको छ । बिहीबार सिंहदरबारमा बसेको बैठकले सरकारले

श्रीलंकाको प्रस्तावित राजदूत भट्टराईको शैक्षिक योग्यता भेटिएन

काठमाडौँ । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको न्यूनतम शैक्षिक योग्यता नपुग्ने देखिएको छ । सरकारले श्रीलंकाका लागि प्रस्तावित गरेका

संविधानविरुद्धमा प्रदर्शन गरेको आरोपमा ७ पक्राउ

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि संविधानको विरुद्धमा प्रदर्शन गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

Techie IT