गृहपृष्ठ ∕ अर्थ ∕ यती एयरलाइन्सद्वारा काठमाडौँबाट पोखरा रात्रि उडान सुरुयती एयरलाइन्सद्वारा काठमाडौँबाट पोखरा रात्रि उडान सुरु नेपालीपत्र सोमबार, २०८० असोज १ गते, १३:३३ मा प्रकाशित अर्थ काठमाडौँ। काठमाडौँबाट यती एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान (आईएफआर उडान) सुरु गरेको छ। यतीले आइतबारदेखि लागु हुने गरी तालिका मिलाएको हो।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि नै रात्रि उडानको सुविधा थियो। यतीले भने आइतबारदेखि मात्रै रात्रि उडान सुरु गरेको हो।रात्रि उडानका लागि यतीले काठमाडौँबाट साँझ ५ः३० बजे उडान न एनवाईटी ६८३ र पोखराबाट साँझ ६ः२० बजे उडान नम्बर एनवाईटी ६८४ मार्फत तालिका मिलाएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।अहिले साँझ एउटा मात्र उडान रहे पनि यात्रुको माग अनुसार उडान संख्या थप्दै जाने योजना रहेको उनले जनाए। पोखराका लागि यतीले हाल दैनिक ६ वटा उडान गर्दै आएको छ। #यती एयरलाइन्सग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नवलपुरका २५ किसान समूह व्यावसायिक प्याजखेती गर्दैनवलपरासी । नवलपुरमा २५ किसान समूहले व्यावसायिक प्याजखेती शुरु गरेको छन् । जिल्लामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानीसुनसरी । सुनसरी सदरमुकाम इनरुवा–५ का रमेश कटुवाल ६ बिघामा व्यावसायिक माछापालन गर्नका लागि पोखरी निर्माण गरेका छन् ।जग्गा भाडामा बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रासकाठमाडौं । बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रास आएको छ । गत असोज ११ र १२ को वर्षासँगै आएको एनएमबि बैंकको पोखरामा वित्तीय साक्षरता कार्यक्रमकाठमाडौँ । एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट युएसएआइडीसँगको सहकार्यमा पोखरामा साना तथा मझौला उद्यम तथा लघु, बाजुराको एक सामुदायिक विद्यालयलाई ईसेवाको सहयोगकाठमाडौँ । ईसेवा मनी ट्रान्सफरले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पार्वती माध्यमिक विद्यालय, बाजुरालाई सहयोग हस्तान्तरण गरेको छ। काठमाडौं, ईसेवा शेयर बजार सामान्य घट्याेकाठमाडाैँ । शेयर बजार आज सामान्य घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ६० अङ्कले घटेर दुईधेरै पढिएका खबर १ रवि लामिछानेसँग सरकारले कुनै प्रतिशोध राखेको छैनः प्रवक्ता महत २ रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता ३ यू–१९ महिला क्रिकेट: आज नेपाल श्रीलंका भिडदै ४ चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी ५ छोराको कुटपिटबाट बुवाको मृत्यु ६ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री लेखक ७ स्रोत नखुलेको ६८ लाख रुपैयाँसहित काठमाडाैँबाट चार जना पक्राउThe Film Nepal