Techie IT
२०८१ मंसीर १०, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसरकार तत्काल परिवर्तन हुने सम्भावना छैनः नेता कोइराला

सरकार तत्काल परिवर्तन हुने सम्भावना छैनः नेता कोइराला


चितवन । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताएका छन् । आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले सत्ता गठबन्धनमा सामान्य खटपट भए पनि अहिले नै सरकार परिवर्तनको सम्भावना नरहेको बताएका हुन् ।

उनले भने, “मेरो दृष्टिकोणले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पाँच वर्षसम्म जान सक्छ, मलाई त्यस्तो लाग्छ ।” सरकारको स्थायित्व आवश्यक रहेको उल्लेख गर्दै उनले स्थायित्वले मात्रै देशको विकास सम्भव रहेको बताए । पार्टीभित्रको खिचातानी सरकारमा हुन नहुने उनको भनाइ थियो ।

विगतमा कतिपय समझदारी भएर पनि तोडिएको प्रसङ्ग उल्लेख गर्दै उनले प्रचण्ड साधारण व्यक्ति नभएको उनको भनाइ छ । नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)बीचको तिक्तताका कारण पुनः एमालेसँग मिल्न जान सक्ने अवस्था नभएको उनले जिकिर गरे ।

सम्भावना नेपालमा धेरै कुराको हुने जनाउँदै उनले अब कांग्रेस एक्लै हिँड्नुपर्ने बताए । उनले भने, “कांग्रेस सकेसम्म एक्लै जाने हो, कसैसँग मिल्नु छ भने अहिले मिलीराखेको छ भइहाल्यो”, उनले भने, “मेरो दृष्टिकोणमा कांग्रेसले ठूलो पार्टी भए पनि प्रतिपक्षको नेतृत्व गरेको भए हुन्थ्यो ।”

सच्चा कांग्रेस एक भएर लाग्नुपर्ने समय आएको उनको भनाइ थियो । “इतिहास बलियो, सिद्धान्त राम्रो र परिवर्तनको महत्त्वपूर्ण भूमिका खेलेको कांग्रेस एक्लै अघि बढ्नुपर्छ”, उनले भने । पछिल्लो समय नयाँ शक्ति उदाउनुमा नेतृत्वको कमजोरी रहेको उनको आरोप छ ।

अब नेतृत्व सच्चिँदै युवा पुस्तालाई अघि बढाउनुपर्ने उनले बताए । विचार राम्रो भए पनि कार्यशैलीमा परिवर्तन भए पार्टी एक्लै अघि बढ्न सक्ने उनको तर्क थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

राहदानी वितरणको काम पूर्ण रूपमा सञ्चालनमा आउन केही दिन लाग्ने

काठमाडौं । राहदानी वितरणको काम पूर्ण रूपमा सञ्चालनमा आउन केही दिन लाग्ने भएको छ । राहदानी प्रणालीसँग सम्बन्धित केही कम्प्युटरहरुमा

सुनको मूल्य एकै दिन तोलामा झण्डै १६ हजारले घट्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा झण्डै १६ हजारले घटेको छ । आइतबार १ लाख ६७ हजार

सभ्य र हिंसारहित समाज निर्माण होस्: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा सभ्य र हिंसारहित समाज निर्माण गर्न

उपचुनावको प्रचारमा तोकिएकाभन्दा बढी गाडी प्रयोग नगर्न आयोगको निर्देशन

काठमाडाैँ । निर्वाचन आयोगले उपचुनावको प्रचारका क्रममा तोकिएकोभन्दा बढी गाडी र ‘लाउड स्पीकर’को प्रयोग भएको भन्दै त्यसलाई रोक्न स्थानीय प्रशासनलाई

सुनको भन्सार महसुल घट्यो

काठमाडाैँ । सरकारले सुनको आयातमा लाग्ने भन्सार महसुल दर घटाएको छ । भारतमा सुनको भन्सार महसुल थोरै रहेका कारण नेपालमा

निगमका विमान चालक आन्दोलनमा उत्रिएपछि नियमति उडान प्रभावित

काठमाडौं । नेपाल वायुसेवा निगमका विमान चालक आन्दोलनमा उत्रिएपछि नियमति उडान प्रभावित भएको छ । निगमका विमान चालकहरू सेवा सुविधा

Techie IT