Techie IT
२०८१ मंसीर ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलएसिया कपको उपाधिका लागि भारत र श्रीलंका भिड्दै

एसिया कपको उपाधिका लागि भारत र श्रीलंका भिड्दै


एजेन्सी । एसिया कप–२०२३ को फाइनल खेल आज आइतबार भारत र श्रीलंकाबीच हुँदैछ । कोलम्बोको आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो ३ः१५ बजे सुरु हुनेछ । टस दिउँसो २ः४५ बजे हुनेछ ।

यहाँ भारतले आफ्नो ५ वर्षको उपाधि खडेरी अन्त्य गर्ने मौका पाउनेछ भने डिफेन्डिङ च्याम्पियन श्रीलंकाले उपाधि रक्षा गर्न चाहन्छ । दुवै टोली आठौं पटक एसिया कपको एकदिवसीय ढाँचाको फाइनलमा भिड्दैछन् ।

यसअघि खेलिएका ७ फाइनलमध्ये भारतले ४ फाइनल जितेको थियो भने ३ वटामा श्रीलंकाले सफलता हात पारेको थियो ।

हेड टु हेडः
भारत र श्रीलंकाबीच समग्रमा १६६ ओडीआई खेल भएका छन् । भारतले ९७ खेल जितेको छ भने श्रीलंकाले ५७ खेल जितेको छ । ११ खेलको नतिजा आएको छैन भने एक खेल बराबरी भएको छ ।

शुभमन गिल प्रतियोगितामा भारतका सर्वाधिक रन स्कोरर
भारतीय टिमका अलराउन्डर अक्षर पटेल घाइते भएका छन् । उनको स्थानमा वासिङ्टन सुन्दरलाई फाइनलका लागि कोलम्बो बोलाइएको छ । तर, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले यसबारे अहिलेसम्म कुनै वक्तव्य जारी गरेको छैन ।

ओपनर शुभमन गिल एसिया कप २०२३ मा भारतका लागि सर्वाधिक रन स्कोरर बनेका छन् । जबकि कुलदीप यादव सर्वाधिक विकेट लिने बलर हुन् । गिलले ५ खेलमा २७५ रन बनाएका छन् । यस्तै, यादवले ४ खेलमा ९ विकेट लिएका छन् ।

श्रीलंकाका लागि समरविक्रमाको नाममा सबैभन्दा धेरै रन
श्रीलंकाका स्पिनर महिश तीक्षाणा चोटका कारण फाइनलबाट बाहिरिएका छन् । श्रीलंका क्रिकेट बोर्डले तीक्षाणाको चोटबारे अपडेट जारी गर्दै फाइनल खेल्न नसक्ने बताएको छ ।

एसिया कप २०२३ मा श्रीलंकाका लागि सर्वाधिक रन बनाउने खेलाडी सदिरा समरविक्रमाको नाममा छ । यस्तै, मथिश पथिरानाले सर्वाधिक विकेट लिएका छन् । समरविक्रमाले ५ खेलमा २१५ रन बनाएका छन् भने पथिरानाले ५ खेलमा ११ विकेट लिएका छन् ।

आइतबार कोलम्बोमा पानी पर्ने सम्भावना ९० प्रतिशत छ । तापमान २४ देखि ३१ डिग्री सेल्सियस सम्म हुन सक्छ । यदि आज वर्षाका कारण खेल रद्ध भएमा भोलिका लागि रजर्भ डे राखिएको छ ।

कोलम्बोको आर प्रेमदासा स्टेडियमको पिच सामान्यतया स्पिनरहरूलाई सहयोगी भएको छ, ब्याट्सम्यानहरूले पनि राम्रो समर्थन पाएका छन् । अर्कोतर्फ, फास्ट बलरहरूलाई यो मैदानमा कठिन छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कीर्तिमानी अलराउन्डर साद बिन जफरले लुम्बिनी लायन्सबाट एनपीएल खेल्ने

काठमाडाैँ । क्यानडाका कीर्तिमानी अलराउन्डर साद बिन जफरले लुम्बिनी लायन्सबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन्

चितवन राइनोजको ‘जर्सी’ सार्वजनिक

चितवन । नेपाल प्रिमियर लिग (एनपिएल) टोली चितवन राइनोजले जर्सी सार्वजनिक गरेको छ । सोमबार साँझ एक कार्यक्रमका बीच जर्सी

नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार मंसिर १५

एनपीएलका खेलहरु स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । क्यानले शुक्रबार एक कार्यक्रम आयोजना गरेर

१९ वर्षमुनिको महिला क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडाैँ । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट भएको नेपाली टोली हिजो स्वदेश फर्किएको छ । अस्ति बुधवार भएको

एनपिएलमा कर्णाली याक्स बाट भारतका शिखर धवनले खेल्ने

काठमाडौँ । भारतीय चर्चित क्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्स बाट खेल्ने भएका छन्। हिमालयन विल्डर्स एन्ड

Techie IT