Techie IT
२०८१ असोज ३, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियचीनका ‘बेपत्ता’ रक्षामन्त्रीलाई पदबाट हटाइन सक्ने !

चीनका ‘बेपत्ता’ रक्षामन्त्रीलाई पदबाट हटाइन सक्ने !


एजेन्सी । चीनका रक्षामन्त्री ली साङ्फु लामो समयदेखि बेपत्ता छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङले पनि यस विषयमा मौनता कायम राखेका छन् । अहिले चीनले आफ्ना रक्षामन्त्रीमाथि भ्रष्टाचारको गम्भीर आरोप लगाएको छ र ली साङ्फुविरुद्ध सीपीसीको उच्चस्तरीय छानबिन सुरु भएको समाचार आइरहेको छ ।

यसअघि चीनका विदेशमन्त्री किन ग्याङ पनि केही दिन बेपत्ता थिए र त्यसपछि उनलाई पदबाट हटाइएको थियो ।

अमेरिकी सरकारले चीनका रक्षामन्त्री ली साङफुविरुद्ध अनुसन्धान भइरहेको र उनलाई जुनसुकै बेला पदबाट हटाउने दाबी गरेको छ ।

फाइनान्सियल टाइम्सको रिपोर्टका अनुसार अमेरिकी गुप्तचर विभागले दुई सातादेखि बेपत्ता चीनका रक्षामन्त्री ली साङ्फुलाई रक्षामन्त्रीको पदबाट हटाइएको दाबी गरेको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले हालै पीएलए रकेट फोर्सका दुई शीर्ष जनरललाई बर्खास्त गरेका बेला ली साङ्फुविरुद्ध कारबाही गरिएको हो।

यी तीनै अधिकारीहरूलाई स्थानीय सेना पीएलएमा धेरै महत्त्वपूर्ण मानिन्थ्यो किनभने उनीहरूलाई चीनको मिसाइल र आणविक हतियार कार्यक्रमहरूको निगरानीको जिम्मेवारी दिइएको थियो।

दुई साताअघि चीनका रक्षामन्त्री ली साङ्फुलाई सार्वजनिक रुपमा देखिएका थिए । त्यसयता उनी कहाँ बेपत्ता छन् भन्ने कसैलाई थाहा छैन ।

उनी आफ्ना मन्त्रालयको काम र बैठकमा पनि जाँदैनन् । जापानका लागि अमेरिकी राजदूत रहम इमानुएलले ली बेपत्ता भएको अनुमानको बीचमा ट्वीट गर्दै भनेका छन् कि चिनियाँ सरकारमा बेरोजगारी दर धेरै उच्च छ। लीको अचानक बेपत्ता हुनु चिनियाँ सैन्य अधिकारीहरूमाथिको क्र्याकडाउनको एक हिस्सा हो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लेबनानमा पेजर बिष्फोट हुँदा ९ जनाको मृत्यु

एजेन्सी । लेबनानमा हिजबुल्लाह सदस्यहरूको सञ्चार उपकरण पेजर शृंखलाबद्ध रुपमा बिस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

आतिशी मार्लेना दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै

काठमाडौँ । दिल्लीको नयाँ मुख्यमन्त्री आतिशी मार्लेना हुने भएकी छिन् । मंगलबार बिहान बसेको व्यवस्थापिका–संसद्‌को बैठकले आतिशीको नाम अनुमोदन गरेको

चीनमा ७५ वर्षयताकै ठूलो आँधी

एजेन्सी । चीनको व्यापारिक राजधानी मानिने शाङ्घाईमा ७५ वर्षयताकै ठूलो आँधी आएको छ । सोमबार आएको ’बाबिन्का’ नामको आँधी ७५

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पमाथि फेरि हत्या प्रयास

एजेन्सी । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरी हत्या प्रयास भएको छ । अमेरिकाको फ्लोरिडा गल्फ कोर्समा

केजरीवालले मुख्यमन्त्रीबाट राजीनामा दिने

काठमाडौँ । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । आइतबार आम आदमी पार्टीका कार्यकर्तालाई

भारतमा भारी वर्षाका कारण ४७ को मृत्यु

एजेन्सी । भारतको पश्चिमी हिमाली राज्यसहित पूर्वोत्तर भारतका लगभग सबै राज्यमा भएको मुसलधारे वर्षाका कारण विभिन्न स्थानमा गरि पछिल्लो ३६

Techie IT