गृहपृष्ठ ∕
राजनीति ∕
एकीकृत समाजवादीका दुई केन्द्रीय सदस्यद्वारा पार्टी परित्याग एकीकृत समाजवादीका दुई केन्द्रीय सदस्यद्वारा पार्टी परित्याग
काठमाडौँ। नेकपा एकीकृत समाजवादी पार्टीमा असन्तुष्टि बढेको छ। पार्टीमा जिम्मेवारी र केन्द्रीयसदस्य मनोनयन गर्ने निर्णयसँगै पार्टीमा असन्तुष्टि बढेको हो।
भदौ ५ देखि ७ गतेसम्म बसेको छैटौं केन्द्रीय समिति र भदौ १७ र १८ गते बसेको ६५ र ६६ औं सचिवालयको बैठकको निर्णय कार्यान्वयनका लागि एकीकृत समाजवादीले बिहीबार अन्तरपार्टी निर्देशन जारी गरेको थियो। त्यसमा केन्द्रीय सदस्य मनोनयन र कार्यविभाजनसमेत उल्लेख छ।
त्यसमै असन्तुष्टि जनाउँदै दुई केन्द्रीय सदस्यले पार्टी परित्यागको घोषणा गरेका हुन्। केन्द्रीय सदस्यद्वय राजु गुरूङ र सावित्री मल्लले पार्टी परित्याग गरेका हुन्।
गुरुङ पार्टीका लुम्बिनी प्रदेश सचिव पनि हुन्। गत निर्वाचनमा रूपन्देही–२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका गुरुङको उम्मेदवारी कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेकाले सर्वोच्च अदालतले खारेज गरिदिएको थियो। गुरुङले पार्टी परित्याग गरेर स्वतन्त्र रहन चाहेको बताएका छन्।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले
एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको
एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध
काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर
म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति