Techie IT
२०८२ वैशाख ४, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिनेम्वाङको शोकमा माओवादी केन्द्रले आजका लागि रोक्यो पार्टी रुपान्तरण अभियान

नेम्वाङको शोकमा माओवादी केन्द्रले आजका लागि रोक्यो पार्टी रुपान्तरण अभियान


काठमाडौँ। सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रले आजका लागि पार्टीको अभियान रोकेको छ। गत भाद्र १६ गते देखि माओवादीले तीन महिने विशेष रुपान्तरण अभियान सञ्चालन गर्दै आईरहेको छ।

संविधानसभाका अध्यक्ष तथा नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानका साथ दिउँसो ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको र नेम्वाङको शोकमा आज एक दिनका लागि माओवादीले आफनो पार्टीका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।

नेम्वाङको मंगलबार बिहान ३ बजे निधन भएको थियो। उनको निधनको शोकमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ। उनको राजकीय सम्मानका साथ अत्येष्टि गर्ने सरकारले निर्णय गरिसकेको छ।

नेम्वाङको सम्मानमा श्रद्दा ब्यक्त गर्न पार्टीका सार्वजनिक कार्यक्रम र अभियान रोक्न माओवादीले मातहातका सम्पूर्ण पार्टी पंक्तिमा आन्तरिक निर्देशन समेत गरेको छ।

‘नेम्वाङको सम्मानमा श्रद्दा ब्यक्त गर्न आज एक दिनका लागि पार्टीले सञ्चालन गरिरहेको अभियानका आन्तरिक कोठाहरुमा गरिने बैठक र छलफलबाहेकका सार्वजनिक कार्यक्रम स्थगित गर्न केन्द्रीय निर्देशन छ,’ नेकपा माओवादी उपत्यका विशेष प्रदेश अध्यक्ष जगत सिंम्खडाले भने,–‘त्यही निर्देशन अनुसार आजका सार्वजनिक कार्यक्रम र अभियान पार्टीको रोकिन्छ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदै

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कार

एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

Techie IT