काठमाडौँ। काठमाडौँको भृकुटीमण्डमा आजदेखि ‘नाडा अटो सो’ सुरु भएको छ। ३१ गतेसम्म चल्ने ‘नाडा अटो सो’को उद्घाटन अर्थमन्त्री डा. प्रकाशशरण महतले गरेका हुन्।
अटो सोमा यसपटक विद्युतीय एवम् पेट्रोलियम गाडी, तीन पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीसाधन, ढुवानीका साधन, स्पेयर पार्टस्, ब्याट्री र एसेसरिज लगायतको प्रदर्शनी रहनेछ। ६ दिनसम्म चल्ने नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको यो १५औँ संस्करण हो।
झण्डै एक लाखले अवलोकन गर्ने र २० अर्ब रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको अटो सोमा विभिन्न ब्रान्डका नयाँ सवारी साधनहरू सार्वजनिक हुँदै छन।
१२० वटा स्टल रहको अटो सोमा १६ ब्रान्डका चार पाङ्ग्रे, २२ ब्रान्डका दुई पाङ्ग्रे र सात ब्रान्डका लाइट कमर्सियल भेहिकल रहेको नाडाले बताएको छ।