होन्डा नेपालले ल्यायो नयाँ होन्डा एलिभेट
काठमाडौँ। होन्डा नेपालले हालै अत्याधुनिक ५ सिटर एसयूभी होन्डा एलिभेट सार्वजनिक गरेको छ। आधुनिक स्टाइल र उत्कृष्ट पर्फमेन्स भएको यस एसयूभीले ग्राहकहरुलाई उच्चस्तरीय ड्राईभिङ्ग अनुभव दिने होन्डाले जनाएको छ।
होन्डा एलिभेटको आकर्षक बाहिरी डिजाइनले सडकमा ध्यान आकर्षित गर्नेछ भने गाडीको स्पेसियस इन्टेरीयरले यात्रुहरुलाई आरामदायी यात्राको अनुभव प्रदान गर्नेछ। हरेक यात्राको आनन्द लिन पर्याप्त कोठा प्रदान गर्ने होन्डा नेपालले जनाएको छ। यसका अतिरिक्त यस गाडीमा जडान गरिएको अत्याधुनिक होन्डा सेन्सिङ्ग प्रणालीले ड्राइभरलाई सहायता गर्दै अत्याधिक सुरक्षा प्रदान गर्ने पनि जनाएको छ।
२२० मिलिमिटरको असाधारण ग्राउण्ड क्लियरेन्स प्रदान गर्दै, एलिभेटले एस यू भी हरुका लागि नयाँ मानक सेट गरेको छ । यसबाहेक, यो गाडीको इन्जिनले १२१ पि एसको प्रभावशाली पावर आउटपुट प्रदान गर्ने पनि उसले जनाएको छ।
होन्डा एलिभेट नेपालभरिका आधिकारिक होन्डा डिलरशिपहरूमा उपलब्ध हुन जानकारी गराइएको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले
सर्लाही। चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै
काठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ
पर्सा । पर्साको वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ ।
काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि