गृहपृष्ठ ∕ नेपाल ∕ जयपृथ्वी राजमार्ग अवरुद्धजयपृथ्वी राजमार्ग अवरुद्ध नेपालीपत्र सोमबार, २०८० भदौ २५ गते, ०९:४१ मा प्रकाशित नेपाल बैतडी । अविरल वर्षापछि जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । आइतबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ विजयपुर नजिकै सडक माथिबाट ठूलो ढुङ्गा खस्दा उक्त राजमार्ग अवरुद्ध भएको हो ।उक्त ढुङ्गा फुटाल्न बझाङबाट ठूलो मेसिन मगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । उनले भने, “ठूलो ढुङ्गा फुटाल्न नसक्दा सवारीसाधन बाटोमै थन्किएका छन् ।”आइतबारदेखि उक्त राजमार्ग अवरुद्ध हुँदा बझाङबाट बाहिरिने र बझाङ जाने ठूला गाडी रोकिएका छन् । यस्तै दशशरथचन्द राजमार्गको सतबाँझ–गोठलापानी सडकखण्डको गुरुखोला नजिक सडकमा रुख खस्दा अवरुद्ध भएको छ । गए राति खसेका चारवटा रुखले राजमार्ग अवरुद्ध पारेको प्रहरी निरीक्षक केसीले बताए ।राजमार्ग अवरुद्ध भएर यातायातका साधन रोकिँदा यात्रु अलपत्र परेका छन् । शनिबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित हुनुका साथै बाढी र पहिरोको जोखिम बढाएको छ । #जयपृथ्वी राजमार्गग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार संविधान संशोधन भोलिको पर्सि हुने कुरा होइन: गृहमन्त्री लेखककाठमाडौँ । गृहमन्त्री रमेश लेखकले केही दिनभित्रै संयन्त्र बनाएर संविधान संशोधनको पहल सुरु गर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित रवि लामिछाने राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बितकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बित भएका छन् । लामिछाने ट्रक दुर्घटनामा २ जनाको मृत्युतनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधीखोलामा आज (मंगलबार) बिहान इँटा बोकेको ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको वाइडबडी खरिदमा नेपालका अधिकारीहरूलाई घुस दिएको ठहर भए पछि अमेरिकी…काठमाडौं । अमेरिकाले नेपाल बायुसेवा निगमका लागि दुई वटा वाइडबडी जहाज खरिद प्रक्रियाका लागि नेपालका अधिकारीहरुलाई घुस दिएको प्रमाणित भएपछि एनपीएलको फाइनल खेलमा समर्थकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउकाठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलपछि समर्थकमाथि कुटपिट तथा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ परेका छन् । राष्ट्रपति समक्ष पाँच राजदूतको शपथकाठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालयमाधेरै पढिएका खबर १ वर्तमान सत्ता गठबन्धनको उद्देश्य विकासमा गतिशीलता ल्याउनु होः मन्त्री गुरुङ २ रवि लामिछानेसँग सरकारले कुनै प्रतिशोध राखेको छैनः प्रवक्ता महत ३ ३ महिनामा प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाख ४ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री लेखक ५ दिगो विकास लक्ष्यमा उल्लेखनीय प्रगति : अर्थमन्त्री पौडेल ६ जाजरकोटमा जीप पल्टिँदा पाँच जनाको ज्यान गयो ७ स्रोत नखुलेको ६८ लाख रुपैयाँसहित काठमाडाैँबाट चार जना पक्राउThe Film Nepal