एजेन्सी । मेक्सिकोमा शनिबार साइकल र्यालीका क्रममा गोली हानाहान भएको छ । उक्त घटनामा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
बाइक र्यालीका क्रममा गोली हानाहान भएको मेयरले बताए ।
घटना मेक्सिकोको रेड रिभर क्षेत्रको हो।
गोली लागेर घाइते भएकाहरुलाई अस्पताल पठाइएको मिडिया रिपोर्टमा उल्लेख छ ।
न्यू मेक्सिको प्रहरीले एक जना घाइतेलाई उपचारका लागि हेलिकप्टर डेनभर लगिएको बताएको छ ।
मुख्य सडकमा वार्षिक बाइक र्यालीमा हजारौं मानिस सहभागी भएका थिए ।
सो क्रममा आक्रमणकारीले भीडमाथि गोली प्रहार गरेका थिए । घाइतेहरूलाई उपचारको लागि ताओसको होली क्रस अस्पताल र न्यु मेक्सिको विश्वविद्यालय, अल्बुकर्कमा लगिएको मिडिया रिपोर्टमा उल्लेख छ ।