Techie IT
२०८२ वैशाख ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतितोकिएको समयमा विश्वासको मत प्राप्त हुन्छ: मुख्यमन्त्री कार्की

तोकिएको समयमा विश्वासको मत प्राप्त हुन्छ: मुख्यमन्त्री कार्की


मोरङ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले तोकिएको समयमा विश्वासको मत प्राप्त गर्ने बताएका छन् ।

मुख्यमन्त्री पदको शपथ लिएपछि आज साँझ प्रदेश प्रमुखको कार्यालयमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै उनले सबै दल एवं जनताको चाहना मध्यावधि निर्वाचन आवश्यक छैन भन्ने रहेकाले आगामी ३० दिनभित्रमा विश्वासको मत प्राप्त गर्ने दाबी गरे ।

उनले वर्तमान सरकारले विश्वासको मत प्राप्त गरी अगाडि बढ्ने र त्यसको विकल्प नरहेको बताए । मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) लगायतका पार्टीले सरकारमा सहभागी भएर वा बाहिरबाट आफ्नो सरकारलाई समर्थन गर्ने विश्वास व्यक्त गरे ।

उहाँले सबै दलको सहभागितामा सर्वदलीय सरकार निर्माण गर्ने कार्यमा पहल गर्ने बताए । उनले वर्तमान सरकार एक महिना नभई चार वर्ष सञ्चालन हुने दाबी गरे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु

मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम

पर्यटकको रोजाइमा विचित्र गुफा

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ स्थित विचित्र गुफा यतिबेला आन्तरिक एवं वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । जिल्ला सदरमुकाम

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूले संविधानको रक्षाका लागि एकसाथ उभिने निष्कर्ष निकालेका छन् ।

विद्युत् सेवा पटक पटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा

खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै

Techie IT