Techie IT
२०८२ वैशाख ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलअष्ट्रेलियाद्वारा दक्षिण अफ्रिका ३ विकेटले पराजित

अष्ट्रेलियाद्वारा दक्षिण अफ्रिका ३ विकेटले पराजित


एजेन्सी । पहिलो एकदिवसीय खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गरेको छ । ब्लोमफन्टेनस्थित मङ्गोङ ओभल मैदानमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २२२ रन बनाएको थियो । जवाफमा अस्ट्रेलियाले ४०.२ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

कन्कसन विकल्पका खेलाडी मार्नस लाबुशेनले ८० रन बनाए । उनले आठौं विकेटका लागि एस्टन अगरसँग ११२ रनको साझेदारी गर्दै टोलीलाई सजिलै जित दिलाए । दक्षिण अफ्रिकाका लागि कप्तान टेम्बा बाभुमाले अविजित ११४ रन बनाए ।

यो जितसँगै अस्ट्रेलियाले ५ खेलको एकदिवसीय सिरिजमा १–० को अग्रता बनाएको छ । सिरिजको दोस्रो एकदिवसीय खेल यही मैदानमा सेप्टेम्बर ९ मा हुनेछ ।

अष्ट्रेलियाका तेज बलर जोस हेजलउडले सर्वाधिक ३ विकेट लिए । मार्कस स्टोइनिसले २ विकेट लिए भने सिन एबोट, एस्टन अगर, एडम जाम्पा र क्यामरुन ग्रीनले १र१ विकेट लिए । एक ब्याटर रनआउट भए ।

२२३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाको टोलीको सुरुवात खराब रह्यो । टोलीले दोस्रो बलमा डेभिड वार्नरको विकेट गुमाएको थियो । कप्तान मिचेल मार्स १७, जोस इंग्लिस १ र एलेक्स क्यारी पनि ३ रन मात्रै बनाएर आउट भए । मार्कस स्टोइनिसले इनिङ्स सम्हाल्ने प्रयास गरे तर उनी पनि १७ रन बनाएर आउट भए । ट्राभिस हेडले ३३ रन बनाए ।

४ नम्बरमा ब्याटिङ गर्न आएका क्यामरुन ग्रीनलाई दोस्रो बलमा कागिसो रबाडाले बाउन्सर बल दिए । बल उनको हेल्मेटमा सिधै ठोकियो, फिजियोले जाँच गरेपछि उनी चोटग्रस्त भएर मैदानबाट बाहिर निस्किए । उनको स्थानमा, टोलीले मार्नस लाबुसेनलाई कन्कशन सब्स्टिट्यूटको रूपमा समावेश गरियो ।

लाबुसेन आफ्नो एकदिवसीय करियरमा पहिलो पटक ८ नम्बरमा ब्याटिङ गर्न आएका थिए । उनले द्रुत रन बनाए र ४६ बलमा आफ्नो अर्धशतक पूरा गरे । लाबुसेनले अष्ट्रेलियालाई कठिन परिस्थितिबाट जोगाए । उनले एस्टन अगरसँग ११२ रनको साझेदारी गर्दै टोलीलाई ७ विकेटले जिताए । लाबुसेन ८० र अगर ४८ रन बनाएर नटआउट रहे ।

दक्षिण अफ्रिकाका कागिसो रबाडा र जेराल्ड कोएट्जीले २–२ विकेट लिए । उनका अलावा मार्को यानेस, लुंगी एनगिडी र केशव महाराजले १–१ विकेट लिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT