Techie IT
२०८१ चैत्र ३०, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालआजबाट एमालेमा पहिरो जाने थालेको झलनाथ खनालको दाबी

आजबाट एमालेमा पहिरो जाने थालेको झलनाथ खनालको दाबी


काठमाडौँ। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आजबाट एमालेमा पहिरो जाने थालेको दाबी गरेका छन्। बुधबार पार्टी निकट आदिवासी जनजातिको काठमाडौँ भेलालाई सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन्।

‘अहिले हामी के कुरामा बढी चिन्तित छौं भने हामीसँग सँगै विद्रोह गरेर आएका कतिपय साथीहरु पलायन हुँदै फेरि एमालेतर्फ फर्के भन्ने चिन्ता नि हामीसँग। विभिन्न जिल्लामा त्यस्ता घटनाहरु घटिरहेका छन्,’ नेता खनालले भने, ‘हामीले यही मञ्जबाट एमाले छाडेर हाम्रो पार्टीमा प्रवेश गराएका छौं। अब एमालेभित्र पहिरो जाँदैछ।’

उनले भने, ‘एमालेले अहिले त समाजवाद ल्याउँनै सक्दैन भन्छ समाजवादलाई अहिले कार्यक्रम बनाउनै सकिँदैन। अहिले पनि दशौं राष्ट्रिय महाधिवेशनले पारित गरेको दस्तावेज हुर्नुभयो भने समाजवाद ल्याउन सकिँदैन त्यसले जबज नै लक्ष्य हो भन्छ। त्यो पार्टी दक्षिणपन्थी अवसरवादतर्फ लाग्यो।’

उनले जबजले कम्युनिष्ट पार्टीको नेतृत्व र मार्क्सवाद लेलिनवादको मार्गदर्शन छाड्ने टिप्पणी गरे। आफूहरू समाजवादको बाटोमा रहेको उल्लेख गरे। समाजवाद आवश्यकताबारे जानकारी गराउँन राष्ट्रव्यापी रुपमा अभियान लिएर जाने बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

पाठ्यपुस्तक पर्याप्त छन्: जनक शिक्षा प्रादेशिक कार्यालय

चितवन । नयाँ शैक्षिकसत्र शुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको

‘पोखरा-छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’

कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरु भएको चीनको सिचुवान प्रान्तको छेन्दुको सिधा उडानलाई निरन्तरता दिन

चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा

Techie IT