काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोली म्यानमार पुगेको छ। मैत्रीपूर्ण फुटबल खेलको लागि नेपाली टोली मङ्गलवार दिउँसो म्यानमार पुगेको हो।
नेपालले ‘फिफा विन्डो’ अन्तर्गत म्यानमारको याङ्गुनमा दुई वटा मैत्रीपूर्ण फुटबल खेल्नेछ। खेल सेप्टेम्बर ८ र ११ तारिखमा हुनेछ।
यो शृङ्खलाका लागि राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आइतबार आइतवार २३ सदस्यीय टोली घोषणा गरेका थिए।
नेपाली टोलीः
गोलकिपर– किरणकुमार लिम्बु, दीप कार्की र अभिशेक बराल
डिफेन्डर– सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अन्जन राई र छिरिङ लामा
मिडफिल्डर– एरिक विष्ट, सुदीप गुरुङ, लकेन लिम्बु, आवास लामिछाने, उत्सव राई र क्रितिशरत्न छुन्जु
फरवार्ड– आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाङी, आशिष चौधरी, जिलेस्पी जङ्ग कार्की, दिनेश हेन्जन र हिसुब थपलिया