Techie IT
२०८२ वैशाख ४, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थमहालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छुट


काठमाडौँ। महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले विभिन्न संस्थाका सेवामा विशेष छुट पाउने भएका छन्।

स्वास्थ्य, श्रृँगार, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँगको समन्वयमा आफ्ना ग्राहकलाई विशेष छुट प्रदान गर्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ।

सम्झौता अनुसार जनकपुरधाम–९ मा रहेको नव जीवन हस्पिटल प्रालिले उपलब्ध गराउने हस्पिटल सर्भिसमा १५ प्रतिशत, फार्मेसीमा ७ प्रतिशत, अन्य परीक्षणमा २० प्रतिशत र कस्टमाइज हेल्थ प्याकेजमा २ हजार रुपैयाँ छुट पाउने छन्।

यसैगरी हेटौँडा–४ मा रहेको क्राउन्स कलेक्सनको वुमन एसोसरिजमा १० प्रतिशत, भैरहवाको सिद्धार्थनगर–५ मा रहको न्यू बिजी बिन्सको फुड एन्ड बिभरेज सेवामा १० प्रतिशत छुट पाउने छन्। यस्तै मकावनपुरको मनहरी–७ मा रहेको मनहरी हेयर एन्ड ब्यूटी युनिसेक्स सैलुनले दिने ब्यूटी सर्भिसमा १० प्रतिशत छुट पाउने छन्। यसैगरी काठमाडौँको कोटेश्वर–३२ स्थित हुक हस्पिटालिटी प्रालिको फुट एनड बिभरेजमा १० प्रतिशत छुट पाउने छन्।

महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले ती संस्थाका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विद्युतीकरणपछि चन्द्रनगरका किसान मकैखेतीतर्फ आकर्षित

सर्लाही। चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै

नेप्सेकाे सीईओमा चूडामणि चापागाईं नियुक्त

काठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ

वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई

पर्सा । पर्साको वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ ।

डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि

आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदै

तनहुँ । आँबुखैरेनी गाउँपालिकाका मा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको

पाल्पाका किसानलाई चैते धान रोप्न चटारो

पाल्पा । आलु, गहुँलगायत बाली भित्र्याएका पाल्पाका किसानलाई चैते धान रोपाइँको चटारो थपिएको छ । यहाँका पूर्वखोला, रामपुर, रम्भा, निस्दीलगायत फाँटका

Techie IT