Techie IT
२०८१ भदौ ३०, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलविश्वकप एसिया क्षेत्र छनोट : कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा

विश्वकप एसिया क्षेत्र छनोट : कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा


काठमाडौँ । आइसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

मलेसियाको बांगीमा आज भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो । यसअघि नेपालले घरेलु टोली मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट र भुटानलाई तीन विकेटले पराजित गरेकोे थियो ।

समूह ए बाट नेपालले एक खेलअगावै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो । जितको लागि ७५ रनको सामान्य विजयी लक्ष्य पछाएको नेपालले १० दशमलव ३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा काजल श्रेष्ठले सर्वाधिक ३२ रनको योगदान दिइन् । उनले २८ बलमा ४ चौकासहित ३२ रन जोडेकी हुन् । त्यस्तै इन्दु बर्मा १२ बलमा ३ चौकासहित २० रनमा अविजित रहिन् । सीता रानामगर २३ बलमा १७ रनमा अविजित रहिन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रनको योगफल बनाएको थियो । कतारकी साची धडवालले ४४ बलमा १ चौकासहित सर्वाधिक २१ रनको योगदान दिइन् । त्यस्तै एलिना खानले १५, एन्जिली मारेले अविजित १४ तथा कप्तान आयशाले १० रन बनाइन् ।

नेपालका लागि इन्दु बर्माले तीन विकेट लिइन् भने पूजा महतो र कविता जोशीले समान एक विकेट लिए । नेपालले समूह चरणको अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

आइसीसी क्रिकेट विश्वकप लिग-२: नेपालले आज क्यानडाविरुद्ध खेल्दै

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा ओमान र क्यानडासँग त्रिकोणात्मक सिरिज अन्तर्गत आज पहिलो

नेपालले अमेरिकासँग तीन टी-२० आई सिरिज खेल्ने

काठमाडौँ । नेपालले आईसीसी विश्वकप लिग-२ अघि अमेरिकासँग तीन टी-२० आई खेलको सिरिज खेल्ने भएको छ । नेपाल र अमेरिकाबीच

पलेशालाई पोखरामा सम्मान

पोखरा। ऐतिहासिक पदक विजेता पलेशा गोबद्धन पोखरामा सम्मानित भएकी छन् । पेरिस पारा ओलम्पिकमा काँस्य पदक विजेता पलेशालाई गण्डकी प्रदेश

नेपाल प्रिमियर लिगका लागि ८ जना मार्की खेलाडी सार्वजनिक

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि मार्की खेलाडी सार्वजनिक गरिएको छ । रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने,

खेलकुद मन्त्रालयको बजेट बढाइदिन प्रधानमन्त्रीलाई खेलकुदमन्त्रीको आग्रह

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद मन्त्रालयको बजेट आगामी आर्थिक वर्षमा बढाइदिन आग्रह गरेका छन् । शुक्रबार प्रधानमन्त्री

१९ वर्ष मुनिको महिला टी–ट्वान्टी विश्वकप एशिया छनोटका लागि २९…

काठमाडाैँ । आइसीसी १९ वर्ष मुनिको महिला टी–ट्वान्टी विश्वकप एशिया छनोटका लागि पहिलो चरणमा २९ खेलाडी छनोट भएका छन् ।

Techie IT