Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालस्वास्थ्यमन्त्री बस्नेत र राजदूत सोङबीच भेटवार्ता

स्वास्थ्यमन्त्री बस्नेत र राजदूत सोङबीच भेटवार्ता


काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि चीनका राजदूत छन् सोङबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आगामी चीन भ्रमणलाई मध्यनजर गर्दै उनीहरुबीच आज मन्त्रालयमा भेटवार्ता भएको मन्त्री बस्नेतका प्रेस संयोजक रामचन्द्र दुलालले जानकारी दिए।

भेटवार्तामा मन्त्री बस्नेतले चीन सरकारबाट तातोपानी नाकालाई व्यवस्थित बनाउने, भक्तपुरमा वीर अस्पताल विस्तार गर्नेलगायत विषयमा कुराकानी गरेका थिए।

चीन सरकारले नेपालको स्वास्थ्य क्षेत्रमा गर्दै आएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै मन्त्री बस्नेतले जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासका लागि सहयोगको माग गरे। उनले देशभर गुणस्तरीय स्वास्थ्य सेवाको विस्तार, स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार निर्माण, आधुनिक एवं अत्यावश्यक स्वास्थ्य उपकरणका लागि सहयोगको माग गरे।

“चीन सरकारको आर्थिक र प्राविधिक सहयोग एवं सहकार्यप्रति कृतज्ञ छौँ”, मन्त्री बस्नेतले भने, “भक्तपुरको दुवाकोटमा विस्तारका क्रममा रहेको वीर अस्पतालका लागि भौतिक संरचना निर्माणमा सहयोगको अपेक्षा राखेका छौँ।”

राजदूत सोङले चीन सरकारले नेपाललाई उपलब्ध गराउँदै आएको सहयोगलाई निरन्तरता दिने बताए। रासस

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT