Techie IT
२०८१ चैत्र २९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसमाजवादी युवा संघको केन्द्रीय अध्यक्षमा यादव निर्विरोध

समाजवादी युवा संघको केन्द्रीय अध्यक्षमा यादव निर्विरोध


जनकपुरधाम। जनता समाजवादी पार्टी (जसपा) नेपालको भ्रातृ संगठन समाजवादी युवा संघको केन्द्रीय अध्यक्षमा सञ्जीव यादव चयन भएका छन्।

शनिबार जनकपुरधाममा बसेको युवा संघको पदाधिकारी बैठकले यादवलाई समाजवादी युवा संघको केन्द्रीय अध्यक्षमा निर्विरोध चयन गरेको हो। यसअघि उनलाई बैठकले अध्यक्षमा प्रस्ताव गरेको थियो।

आइतबार जसपा मधेश प्रदेशको पार्टी कार्यालयमा बसेको केन्द्रिय समितिको बैठकले सो प्रस्तावलाई अनुमोदन गरेर उनलाई निर्विरोध चयन गरेको हो।

यादव तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल युवक संगठनका संस्थापक सदस्य हुन्। फोरम नेपालबाट राजनीतिमा होमिएका अध्यक्ष यादव मधेशी किसान फोरमको महासचिव थिए।

त्यसपछि युवा फोरमको केन्द्रीय सदस्य, कोषाध्यक्ष हुँदै जसपा गठनपछि समाजवादी युवा संघमा उनी वरिष्ठ उपाध्यक्षको जिम्मेवारी थिए। संघको पदाधिकारी बैठकबाट उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको थियो।

सिरहाको सिरहा नगरपालिका ३ मखनाहा निवासी यादव लामो समयदेखि राजनीतिमा सक्रिय रहदैँ आएका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT