Techie IT
२०८१ मंसीर ६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियआदित्य एल–१ अन्तरिक्षमा

आदित्य एल–१ अन्तरिक्षमा


एजेन्सी । चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ सफलतापूर्वक अवतरण गरेको एक सातापछि भारतले सूर्यको अध्ययन गर्न आज (शनिबार) आदित्य एल–१ अन्तरिक्षमा प्रक्षेपण गरेको छ । आन्ध्र प्रदेशको श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट आज बिहान सूर्ययान अर्थात् आदित्य एल–१ प्रक्षेपण गरिएको हो ।

सूर्यको अध्ययनका लागि प्रक्षेपण गरिएको भारतको यो पहिलो सूर्ययान हो । आदित्य एल–१को सहयोगमा अन्तरिक्षमा अनुसन्धान कक्ष स्थापना गरिने भारतीय अन्तरिक्ष अध्ययन केन्द्र (इसरो)ले जनाएको छ ।

यसैबीच, भारतका विदेशमन्त्री सुव्रमन्यम जयशङ्करले सूर्ययानको सफल प्रक्षेपण गरेकामा इसरोका वैज्ञानिकहरूप्रति वधाई ज्ञापन गर्दै भारतको अन्तरिक्ष इतिहासमा नयाँ इतिहास रचना भएको बताएका छन् । सूर्ययान सफलतापूर्वक प्रक्षेण भएकामा त्यसले विश्वभर देशको प्रतिष्ठा बढाएको बताएका छन् । राससएएनआई




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी

काठमाडाैँ । देशभरका सडक पूर्वाधारमा तोकिएकोभन्दा धेरै भार बोकेको वा नबोकेको जानकारी लिने धर्मकाँटालाई अब डिजिटल बनाउँदै लगिने भएको छ

लेबनानमा दुई महिना नपुग्दै दुई सय जनाभन्दा धेरै बालबालिकाले ज्यान…

एजेन्सी। इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा गरेको आक्रमणमा दुई महिनाभन्दा कम समयमा दुई सय जनाभन्दा धेरै बालबालिकाको ज्यान गएको छ

जी-२० सम्मेलनमा युक्रेनलाई सहयोग जारी राख्ने राष्ट्रपति बाइडेनको प्रतिवद्धता

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अमेरिकी सरकारले सहयोग जारी राख्ने प्रतिबद्धता दोहार्‍याएका छन् । ब्राजिलको रियो दि जेनेरियोमा

हिजबुल्लाहका प्रवक्ता मोहम्मद अफिफ मारिए

एजेन्सी । इजरायली रक्षा बल आईडीएफको आक्रमणमा लेबनानी सशस्त्र सङ्गठन (हिजबुल्लाह)का प्रवक्ता मोहम्मद अफिफ मारिएका छन । लेबनानको राजधानी बेरुतमा

दक्षिण अफ्रिकाको अवैध सुन खानीका मजदुर माथि कारवाही

एजेन्सी । दक्षिण अफ्रिकाले अवैध सुन खानीका मजदुर माथिको कारवाही तीव्र बनाएको छ । चार हजार अवैध आप्रवासी कामदार बसेको

अमेरिकी राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति ट्रम्पबीच भेटवार्ता

काठमाडाैँ । अमेरिकी राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ । गएराति ह्वाइटहाउसमा बाइडेन र ट्रम्पबीच

Techie IT