Techie IT
२०८१ कात्तिक १, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालगिद्धका लागि वासस्थान गम्भीर चुनौती बन्दै

गिद्धका लागि वासस्थान गम्भीर चुनौती बन्दै


काठमाडौँ । वासस्थानको अभावमा प्रकृतिको कुचिकार मानिने गिद्ध सङ्कटमा पर्दै गएको छ । पछिल्ला दशकमा मानवीय अतिक्रमणका कारण पोखरा र आसपासमा रहेका गिद्धका प्रमुख वासस्थान सङ्कटमा पर्दै गएका छन् ।

पोखरा महानगरपालिका–१५ छिनेडाँडास्थित फोहर बिसर्जन स्थल परिवर्तन गरिएपछि थप चुनौती थपिएको छ । पोखरा उपत्यकामा बढ्दो बस्ती विकासको क्रमसँगै विगत दुई दशकयता गिद्धका प्रजाति लोपहुँदै गएका छन् । गिद्धको बासस्थान विशेषतः अग्लो सिमलको रूख नै हो । सिमलका रूखमा उनीहरू बस्ने र गुँड लगाउने गर्दछन् । पोखरा आसपासका क्षेत्रमा बस्तीको विकाससँगै यहाँ रहेका सिमलका रूख काटिने क्रमसँगै उनीहरूको वासस्थान सङ्कटमा परेको छ ।

पोखरा उपात्यकाका चाउथे, मझेरीपाटन, बिरुवा, गैरीखेतलगायत स्थानमा करिब १५÷१६ वर्ष अघिसम्म ठूलै सङख्यामा गिद्ध पाइने भए पनि अहिले ती ठाउँमा लोप भइसकेका छन् । सिमलका रुख काटिनुका साथै बढ्दो बस्ती र यातायातका साधन एवम् उद्योगबाट निस्कने धुलो धुँवाका कारण गिद्ध सङ्कटमा परेका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै छिनेडाँडास्थित फोहर बिसर्जन केन्द्रलाई पोखरा– ३२ लामेआहालमा सारिएपछि गिद्ध पुनः सङ्कटमा परेका छन् । फोहर बिसर्जन केन्द्र सारिए पनि त्यहाँबाट गिद्ध पूर्णरुपमा वास्थान छाडेर गई नसकेको पोखरा पक्षी समाजका सचिव हेमन्त ढकालले जानकारी दिए । १५औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा पोखरा र तनहुँका विभिन्न आठ ठाउँमा गरिएको गिद्ध गणनाका क्रममा पुरानो ल्यान्डफिल साइडमा ४०–५० वटा गिद्ध फेला परेका ढकालले बताए ।

नेपालमा गरिएका विभिन्न अध्ययनले विगत दुई दशकमा गिद्धको सङ्ख्या घट्दै गएको देखाएको छ । वासस्थान सङ्कटमा पर्दै जानुका साथै गाईबस्तुलाई प्रयोग गरिने डाइक्लोफेनेकजस्ता औषधिको प्रयोगका कारण पनि गिद्ध सङ्कटापन्न अवस्थामा पुगेका हुन् । पछिल्लो समयमा गाईबस्तु पाल्ने क्रम पनि अत्यधिक कम हुँदै गएको र मरेपछि विगतमा जस्तै फाल्ने क्रम पनि कम हुँदै जाँदा पनि उनीहरूको आहारामासमेत समस्या आएको देखिन्छ । डाइक्लोफेनेककोे प्रयोग गरी उपचार गराइएका पशु मृत्यु भएपछि उक्त सिनो गिद्धले खाएमा मिर्गौलामा असर भई केही दिनमा नैै गिद्ध मर्ने गरेको अध्ययनले देखाएको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरे बताउँछन् ।

औषधि व्यवस्था विभागले डाइक्लोफेनेकलाई २०६३ साल जेठ २३ देखि उत्पादन, प्रयोग र बिक्री वितरणमा प्रतिबन्ध लगाई त्यसको विकल्पमा गिद्धलगायत अरू पक्षी र वन्यजन्तुलाई असर नगर्ने प्रमाणित भएको मेलोक्सिक्याम औषधि बजारमा ल्याएको छ । विश्वमा पाइने २३ प्रजातिका गिद्धमध्ये दक्षिण एशियामा नौ प्रजातिका गिद्ध पाइन्छन् । दक्षिण एशियामा पाइने नौ प्रजाति नेपालमा पनि पाइने र ती सबै प्रजाति पोखरामा पाइने घिमिरेले जानकारी दिए ।

सिनो खाएर हैजा, रेबिजजस्ता रोग फैलन नदिन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गिद्धलाई प्रकृतिको कुचिकार भएका कारण यसको संरक्षणमा जागरुकता आवश्यक रहेको देखिएको छ । गिद्ध संरक्षणको उद्देश्यका साथ शुद्ध आहाराका लागि कास्कीको घाचोकमा केही वर्षयता जटायु रेस्टुरेन्ट सञ्चालनमा आए पनि त्यसको प्रभावकारी व्यवस्थापन हुन सकेको छैन । घिमिरेका अनुसार नेपालमा पाइने गिद्धका प्रजातिमध्ये डङ्गर, सुन, सानो खैरो, हिमाली, हाडफोेर र सेतो गिद्ध यहाँका रैथाने प्रजातिका हुन् भने लामो ठुँडे, राज र खैरो गिद्ध हिउँदको समयमा आउने गर्दछन् ।

त्यस्तै हिउँदको समयमा लामो ठुँडे भारतबाट आउँछ भने खैरो गिद्ध मङ्गोलियाबाट आउँछन् । त्यस्तै राज गिद्ध पाकिस्तान र किर्गिस्तानबाट आउने गरेका छन् । पछिल्लो तथ्याङ्क अनुसार नेपालमा पाइने हिमाली गिद्धको सङ्ख्या १० हजार तथा डङ्गोर र सेता गिद्धको सङ्ख्या दुई हजार रहेको छ । त्यस्तै नेपालमा सुन गिद्ध र हाडखोर गिद्ध करिब पाँचपाँच सयको सङ्ख्यामा रहेको बताइएको छ । नेपालमा पाइने सानो खैरो गिद्धको सङ्ख्या भने ५० देखि ७५ को हाराहारी छ ।

पोखरा पक्षी समाजले विगत १० वर्षयता प्रत्येक वर्ष पोखरा र आसपासका क्षेत्रमा पाइने गिद्धको गणना गर्दै आएको छ । समाजले पोखराका पाँच ठाउँ घाचोक, पुम्दीभुम्दी, पुरानो एवम् नयाँ ल्यान्डफिल साइड र दोभिल्लामा यसवर्ष पनि गिद्ध गणना गरेको अध्यक्ष घिमिरेले जानकारी दिए । समाजले आजै तनहुँका तीन ठाउँ व्यास नगरपालिका–१० स्थित शिशुवाभतेरी, शुक्लागण्डकी नगरपालिकास्थित गौ संरक्षण केन्द्र र दमौलीस्थित ल्याण्डफिल साइडमा गिद्धको गणना गरेको उहाँले बताए । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उपचुनावका लागि निर्वाचन अधिकृतको कार्यालय तय

काठमाडौँ । निर्वाचन आयोगले आउँदो मङ्सिर १६ गते हुने पालिका उपचुनावको लागि निर्वाचन अधिकृतको कार्यालय रहने ठाउँ तोकेको छ ।

घिमिरेलाई ७ दिनभित्र जवाफ पेस गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । अदालतको अवहेलना मुद्दामा नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई ७ दिनभित्र जवाफ पेस गर्न सर्वोच्च अदालतले

समस्याग्रस्त सहकारीका ऋणीलाई ७ दिनभित्र ऋण तिर्न ‘अल्टिमेटम’

काठमाडौँ । समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ७ दिनको ‘अल्टिमेटम’

गौशाला धर्मशाला खाली गर्ने काम रोक्न पशुपति क्षेत्र विकास कोषलाई…

काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गौशाला धर्मशाला खाली गर्ने काम रोक्न निर्देशन दिएको छ । मन्त्रालयले काेषलाई

व्यवसायीको एमाले पार्टी कार्यालय बनाउने कार्यविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । व्यवसायी मिनबहादुर गुरुङको सहयोगमा एमालेको पार्टी कार्यालय बनाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ । अधिवक्ताहरु डा.

राष्ट्रपति पौडेलद्वारा बडीमालिकाको दर्शन

बाजुरा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजा गरेका छन् । राष्ट्रपति पौडेलले प्रथम महिला सबिता

Techie IT