Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठAustraliaअष्ट्रेलियाले भिसा नदिएपछि सिन्धु मल्लको पूर्व निर्धारित कार्यक्रमहरु रद्द

अष्ट्रेलियाले भिसा नदिएपछि सिन्धु मल्लको पूर्व निर्धारित कार्यक्रमहरु रद्द


काठमाडौँ। गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ। बुधबार सामाजिक संजालमा एक पोस्ट गर्दै मल्ले अष्ट्रेलियाले भिसा नदिएको कारण आफ्ना पूर्वनिर्धारित कार्यक्रमहरु रद्द भएको समेत जानकारी गराएकी छन्।

गायीका मल्ल तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया जान लागेकी थिइन्। आफ्नो करिब तीन दशकको गायन यात्रामा पहिलोपटक अष्ट्रेलयाले समयमा भिसा नदिएको भन्दै उनले तीजको अवसरमा त्यहाँ हुने आप्ना पूर्वनिर्धारित कार्यक्रमहरु रद्द भएको समेत जानकारी गराएकी छन्।

कलाकारले मानव तस्करी गर्ने र गैरकानुनी रुपमा लुक्ने कार्यले आफूले भिसा नपाएको हुन सक्ने उनको सामाजिक संजालमा उल्लेख छ।

गायीका मल्ल यसअघि चार पटक अष्ट्रेलिया गइसकेकी थिइन्। तर, भिसा अवधि समाप्त हुनु अगावै नेपाल फर्किएको रेकर्ड भए पनि यस पटक अष्ट्रेलियाले समयमा भिसा नदिनुलाई आफूले कलाकारिताको अपमान ठानेको बताएकी छिन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

अस्ट्रेलियामा नेपाली मुस्लिम समुदायले ईद मनाए

सिड्नी । अस्ट्रेलियामा नेपाली मुस्लिम समुदायले ईद मनाएका छन् । इस्लामिक पात्रो अनुसार चन्द्रमासको आधारमा मनाइने ईद अल–फित्र यस वर्ष

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

Techie IT