Techie IT
२०८२ वैशाख ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिलुटतन्त्रको अन्त्यको लागि अब जनता सडकमा आउनुपर्छः कमल थापा

लुटतन्त्रको अन्त्यको लागि अब जनता सडकमा आउनुपर्छः कमल थापा


काठमाडौँ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा लुटतन्त्र चलिरहेको भन्दै लुटतन्त्रका अन्त्यका लागि अब जनता सडकमा आउनुपर्ने आवश्यकता औल्याएका छन्।

आगामी भाद्र २९ गते पार्टीले बृहत बिरोध प्रदर्शन आयोजना गर्ने सन्दर्भमा आयोजित तयारी बैठकलाई सम्बोधन गर्दै थापाले मुलुकमा अब मौलिक संस्करणको राजा सहितको प्रजातन्त्रले मात्र देशलाई जोगाउन सक्ने समेत बताए। मुलुकको गौरबशाली इतिहास ,धर्म संस्कृती पहिचानलाई समाप्त पार्न योजनाबद्ध रुपमा भएका षड्यन्त्र विरुद्ध नयाँ पुस्ता जागरुक हुनुपर्नेमा जोड दिदै थापाले घिनलाग्दो भ्रष्टाचारको विरुद्धमा आन्दोलनको बिकल्प नभएको समेत बताए।

राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण,आर्थिक समृद्धि र सुशासनको निमित्त अहिलेको ब्यबस्था र प्रणाली परिबर्तन गर्नुपर्ने थापाको धारणा रहेको छ। सिमित दलका सिमित नेताहरुको सेटिङ्गमा राज्य ब्यबस्था चल्नु दुर्भाग्यपूर्ण रहेको भन्दै थापाले मुलुकमा बिदेशी प्रभाव र दबाब बढ्नुमा नेताहरुकै भुमिका रहेको समेत बताए।

बैठकमा बोल्दै पार्टीका महामन्त्री राजाराम बर्तौलाले अब पार्टीले शुरु गर्ने आन्दोलनमा नेता कार्यजर्ताको मात्र होइन जनताको समेत समर्थन र सहभागी हुनुपर्नेमा जोड दिए। बैठकले बिरोध प्रदर्शनलाई ब्यबस्थित र प्रभाबकारी बनाउन उपाध्यक्ष जयकुमार खड्काको संयोजकत्वमा आर्थिक परिचालन समिती, उपाध्यक्ष तारानाथ लुइँटेलको संयोजकत्वमा जनपरिचालन समिति , सुनिता कुरुङ्गवाङको संयोजकत्वमा प्रचार –प्रसार समिती, नगेन्द्र देउजाको संयोजकत्वमा स्वंमसेवक समिती गठन गरिएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले

अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदै

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कार

एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

Techie IT