गृहपृष्ठ ∕ नेपाल ∕ पूर्वसभामुख महराका बाबुछोरामाथि अनुसन्धान थाल्न प्रहरीलाई सरकारी वकिलको निर्देशनपूर्वसभामुख महराका बाबुछोरामाथि अनुसन्धान थाल्न प्रहरीलाई सरकारी वकिलको निर्देशन नेपालीपत्र सोमबार, २०८० भदौ ११ गते, १६:२९ मा प्रकाशित नेपाल काठमाडौँ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पूर्वसभामुख कृष्णबहादुर महरा र छोरा राहुलमाथि छानबिन गर्न निर्देशन दिएको छ। विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग सम्पर्कमा देखिएका पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष महरा र छोरा राहुलमाथि छानबिन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)लाई निर्देशन दिएको हो।२०७९ पुस १० मा दुबईबाट ‘भेप’मा लुकाएर सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग महरा र उनका छोराहरूको सम्पर्क देखिएपछि सिआईबीले महरा र उनका छोरा राहुललाई सुन ल्याउने समूहका ‘योजनाकार’ किटान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो। अनुसन्धान प्रतिवेदनमा ‘मुख्य योजनाकार’ किटान गरेर बयान समेत नगराएको भन्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छ।सरकारी वकिल र प्रहरी अधिकारीहरूसँगको बैठकमा महराका बाबु–छोराबारे अनुसन्धान गर्नेबारे धेरै पटक छलफल भएपछि अब अनुसन्धानको दायरामा ल्याउन प्रमुखबाट निर्देशन भएको जिल्ला सरकारी वकिल कार्यालयका एक अधिकृतले जानकारी दिए।महरा बाबुछोरालाई जोगाएर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको भन्दै प्रहरीको अनुसन्धान माथिनै प्रश्न उठेको थियो । #कृष्णबहादुर महरा #पूर्वसभामुखग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार राहदानी वितरणको काम पूर्ण रूपमा सञ्चालनमा आउन केही दिन लाग्नेकाठमाडौं । राहदानी वितरणको काम पूर्ण रूपमा सञ्चालनमा आउन केही दिन लाग्ने भएको छ । राहदानी प्रणालीसँग सम्बन्धित केही कम्प्युटरहरुमा सभ्य र हिंसारहित समाज निर्माण होस्: प्रधानमन्त्री ओलीकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा सभ्य र हिंसारहित समाज निर्माण गर्न उपचुनावको प्रचारमा तोकिएकाभन्दा बढी गाडी प्रयोग नगर्न आयोगको निर्देशनकाठमाडाैँ । निर्वाचन आयोगले उपचुनावको प्रचारका क्रममा तोकिएकोभन्दा बढी गाडी र ‘लाउड स्पीकर’को प्रयोग भएको भन्दै त्यसलाई रोक्न स्थानीय प्रशासनलाई निगमका विमान चालक आन्दोलनमा उत्रिएपछि नियमति उडान प्रभावितकाठमाडौं । नेपाल वायुसेवा निगमका विमान चालक आन्दोलनमा उत्रिएपछि नियमति उडान प्रभावित भएको छ । निगमका विमान चालकहरू सेवा सुविधा सभामुख घिमिरे द्वारा कम्बोडियन समकक्षी सँग भेटकाठमाडौं । पाँच दिने कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले संसदीय भेटघाट शुरु गरेका छन् । सभामुख घिमिरेले शनिबार साँझ सिनामंगलको होटलमा मृत भेटिए युवायुवतीकाठमाडौं । काठमाडौंको सिनामंगलस्थित एक होटलमा युवायुवती मृत फेला परेका छन् । आइतबार बिहान काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित एक होटलमा युवायुवतीधेरै पढिएका खबर १ पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि २ तीन महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्स ३ दार्चुला दुर्घटना: मृतकको संख्या ७ पुग्यो, ६ जनाको अवस्था गम्भीर ४ रुकुम पूर्वमा सत्तारुढ दल नेकपा एमाले र नेपलीा कांग्रेसबीच चुनावी तालमेल ५ कांग्रेस सांसद बजगाईंले मन्त्री पाण्डेमाथि लगाएको आरोप फिर्ता लिदै क्षमा मागे ६ शान्ति प्रक्रिया टुङ्ग्याएर नेपाल बाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौं: अध्यक्ष दाहाल ७ पूर्वसभामुख ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णयThe Film Nepal