Techie IT
२०८२ वैशाख ४, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकोशी प्रदेशमा संविधानको पालना गरी सरकार निर्माण गर्न कोइरालाकाे सुझाव

कोशी प्रदेशमा संविधानको पालना गरी सरकार निर्माण गर्न कोइरालाकाे सुझाव


मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले धार्मिक सद्भाव नेपालीको पहिचान भएको बताएका छन् । नेपाल प्रेस युनियन मोरङको आज (शनिबार) विराटनगरमा आयोजित पदस्थापन समारोहमा उनले नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक मुलुक भएकाले सामाजिक एवम् धार्मिक सद्भाव कायम राख्न सबैलाई आग्रह गरे ।

सङ्घीय सांसद डा. कोइरालाले मुलुकमा कुनै पनि धर्मको बाहुल्यता नभएको तर संविधानमा लेखिएका कुरालाई पालना गर्नुपर्नेमा जोड दिए । “जातीय एवम् पहिचानका आधारमा प्रदेशको नामकरण गर्छौँ भन्नु गलत विचार हो”, उनले भने । कोशी प्रदेशमा संविधानको पालना गरी सरकार निर्माण गर्न नेता कोइरालाले सुझाव दिए । जनताले बुझने गरी ललिता निवास, भूटानी शरणार्थी, सुन तस्करी काण्डलगायतको छिनोफानो गरेमा मात्र मुलुकमा विश्वासको वातावरण सिर्जना भई सुशासन कायम हुने उनको भनाइ थियो ।

मोरङ युनियनका नव निर्वाचित अध्यक्ष वेदराज पौडेलाई पद हस्तान्तरण गर्न आयोजित उक्त कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश अध्यक्ष लीलावल्लभ घिमिरे, नेपाल उद्योग परिसङ्घ कोशीका अध्यक्ष भीम घिमिरे, उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुराना, कांग्रेसका कोशी प्रदेश कोषाध्यक्ष राजेश गुप्तालगायतले विकासलाई प्राथमिकतामा राखी सत्यतथ्यका आधारमा समाचार पस्कन सञ्चारकर्मीसित आग्रह गरे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कार

एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

Techie IT