Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालकोशीमा एमालेको सरकार बन्ने केपी ओलीको दाबी

कोशीमा एमालेको सरकार बन्ने केपी ओलीको दाबी


विराटनगर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा एमालेको सरकार बन्ने दाबी गरेका छन्। शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

५० सांसदसहित अब कोशी प्रदेशमा एमालेको सरकार बन्ने ओलीको दाबी छ। एमाले अध्यक्ष ओलीले कोशी प्रदेश सरकारको सन्दर्भमा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा सभाध्यक्ष इस्राइल मन्सुरीले हस्ताक्षर गरेको प्रसङ्गलाई संकेत गर्दै ओलीले कांग्रेसजस्तो पुरानो पाटीले संविधान नमानेको देख्दा अचम्म लागेको बताए।

माओवादीले संविधान मान्दिन भनेर हतियार उठाएर गएको बताउदै उनेले भने, ‘अहिले पनि मानेको छैन। तर कांग्रेस जस्तो पुरानो पार्टीले संविधानको खिल्ली उडाएको देख्दा अचम्म लागेको छ।’

गठबन्धनले असंवैधानिक गतिविधि गरेकोसमेत उनले आरोप लगाएका छन्। उपसभामुखलाई किन बिरामी पार्नु भएको भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष ओलीले गठबन्धनले जे जे असंवैधानिक गर्छ त्यसमा एमालेले साथ दिन्छ भन्ने कुरा नभएको बताए।

गिरिबन्धु टि स्टेट जग्गा प्रकरणबारे ‘चिल आयो, चिल आयो भनेर कुखुरा चोर्ने तरीका’ भन्दै टिप्पणी गरेका छन्।

आर्थिक विकास र सुशासनका लागि प्रमुख राजनीतिक दलहरु मिलेर अगाडि बढ्नुपर्ने समेत उनले बताए।

आर्थिक विकासका लागि सुशासनका लागि राजनीतिक शक्तिहरु मिलेर जानुपर्ने बताउदै उनले त्यसमा पनि प्रमुख जिम्मेवार राजनीतिक दलहरु मिलेर जिम्मेवारीवोधका साथ अगाडि बढ्नु पर्नेमा जोड दिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT