एजेन्सी । पाकिस्तानको शहबाज सरकारले मे ९ मा देशमा भएको हिंसात्मक प्रदर्शनलाई लिएर पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका पीटीआई नेताहरूविरुद्ध ठूलो कारबाही गरेको छ।
सरकारले पीटीआईका ९ नेताको कूटनीतिक राहदानी खारेज गरेको छ ।
राहदानी खारेज गरिएका नेताहरूमा पीटीआई नेता जरताज गुल, परवेज खट्टक, शाह महमूद कुरेशी, असद उमर, आजम स्वाती, अली अमीन गण्डापुर, फारुक हबीब, अन अब्बास, जरताज गुल र अली मुहम्मद खानको नाम समावेश छ।
मिडिया रिपोर्टका अनुसार पूर्व आन्तरिक राज्यमन्त्री शेख रसिद अहमदको कूटनीतिक राहदानी पनि निलम्बन गरिएको छ ।
मे ९ मा पूर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारीमा यी व्यक्तिहरूले देशभर प्रदर्शन गरेको आरोप छ । जसले हिंसात्मक मोड लिएको थियो ।