Techie IT
२०८१ असोज ३, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियब्रिक्समा थपिए ६ नयाँ देश

ब्रिक्समा थपिए ६ नयाँ देश


काठमाडौँ। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले ब्रिक्समा थप ६ नयाँ सदस्य राष्ट्र थपिएको घोषणा गरेका छन्।

यस वर्षको ब्रिक्स शिखर सम्मेलन आयोजक दक्षिण अफ्रिकाले सम्मेलनको अन्तिम दिन बिहीबार यस्तो घोषणा गरेको हो। विश्वका पाँच प्रमुख उदीयमान अर्थतन्त्र चीन, ब्राजिल, दक्षिण अफ्रिका, रूस र भारतबीचको संगठनमा अब ६ देश थपिएका हुन्।

सन् २०२४ को जनवरी १ देखि पहिलो चरणमा साउदी अरेबिया, इरान, अर्जेन्टिना, इजिप्ट, इथियोपिया र संयुक्त अरब इमिरेट्स (यूएई) ब्रिक्सको सदस्य बन्ने भएका हुन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङले यो सदस्यता विस्तार ऐतिहासिक भएको भनेका छन्। यस्तै, इथियोपियाका प्रधानमन्त्री अबी अहमदले आफ्नो देशको लागि यो उत्कृष्ट क्षण भएको बताएका छन्।

पाँच सुरुका सदस्यले मात्रै विश्वको ४० प्रतिशत जनसंख्या र एकतिहाइ जीडीपी ओगट्ने ब्रिक्समा सामेल हुन ४० अन्य देशले इच्छा जनाएका थिए। २३ देशले भने पहिले नै निवेदन समेत दिएका छन्।

अगस्ट २२ देखि भएको ब्रिक्स शिखर सम्मेलनमा अन्य ५० देशका नेता एवं राष्ट्र प्रमुख सहभागी भएका थिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लेबनानमा पेजर बिष्फोट हुँदा ९ जनाको मृत्यु

एजेन्सी । लेबनानमा हिजबुल्लाह सदस्यहरूको सञ्चार उपकरण पेजर शृंखलाबद्ध रुपमा बिस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

आतिशी मार्लेना दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै

काठमाडौँ । दिल्लीको नयाँ मुख्यमन्त्री आतिशी मार्लेना हुने भएकी छिन् । मंगलबार बिहान बसेको व्यवस्थापिका–संसद्‌को बैठकले आतिशीको नाम अनुमोदन गरेको

चीनमा ७५ वर्षयताकै ठूलो आँधी

एजेन्सी । चीनको व्यापारिक राजधानी मानिने शाङ्घाईमा ७५ वर्षयताकै ठूलो आँधी आएको छ । सोमबार आएको ’बाबिन्का’ नामको आँधी ७५

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पमाथि फेरि हत्या प्रयास

एजेन्सी । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरी हत्या प्रयास भएको छ । अमेरिकाको फ्लोरिडा गल्फ कोर्समा

केजरीवालले मुख्यमन्त्रीबाट राजीनामा दिने

काठमाडौँ । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । आइतबार आम आदमी पार्टीका कार्यकर्तालाई

भारतमा भारी वर्षाका कारण ४७ को मृत्यु

एजेन्सी । भारतको पश्चिमी हिमाली राज्यसहित पूर्वोत्तर भारतका लगभग सबै राज्यमा भएको मुसलधारे वर्षाका कारण विभिन्न स्थानमा गरि पछिल्लो ३६

Techie IT