काठमाडौँ। सुनसरीको धरान उपमहानगरपालिकामा गोरु काटेर मासु भएको विषयमाथि संसदमा आवाज उठेको छ।
बुधबार संसदको विशेष समयमा कांग्रेसका सांसद शंकर भण्डारीले अघिल्लो हप्ता भएको उक्त घटनाको विरोध गर्दै सरकारसँग जवाफ माग गरेका हुन्। भण्डारीले सरकारले यसबारेमा के गरिरहेको छ? भन्दै प्रश्न गरे।
उनले सदियौँदेखि विभिन्न विविधता, एकता, श्रद्धाले युक्त देशलाई स्वभाविक र अराजक गतिविधि गरेर दुषित बनाउन खोजिएको आशंका गर्दै यस्ता घटना रोक्नुपर्ने उल्लेख गरे।
उनले वैदिक सत्य सनातन धर्मलाई कमजोर बनाउने, आधारभूत मान्यतालाई आक्रमण गर्ने तथा आस्थाका केन्द्रमा धावा बोल्ने काम गलत भएको बताए। नेपालमा शान्ति, स्थिरता र मेलमिलाप देख्न नचाहने अतिवादीहरुले द्वन्द्व सिर्जना गराइ लाभ लिन खोजेको स्पष्ट भएको बताए।