गृहपृष्ठ ∕
राजनीति ∕
एमाले र राप्रपाले बहिस्कार गरेपछि कोशी प्रदेश सभा स्थगित एमाले र राप्रपाले बहिस्कार गरेपछि कोशी प्रदेश सभा स्थगित
विराटनगर। कोशी प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबारको प्रदेशसभा बैठक बहिष्कार गरेका छन्।
मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने बैठकमा सभाध्यक्ष इस्राइल मन्सुरीले अमर्यादित व्यवहार प्रदर्शन गरेको भन्दै एमाले र राप्रपाले बैठक बहिस्कार गरेपछि सभाध्यक्ष मन्सुरीले अर्को सूचना नहुञ्जेलसम्म प्रदेशसभा बैठक स्थगित गरिएको घोषणा गरे।
बैठक सुरू हुने बित्तिकै राप्रपाका नेता भक्तिप्रसाद सिटौलाले कुर्सीबाट उठेर सभाध्यक्ष मन्सुरीले सोमबारको प्रदेशसभामा अमर्यादित व्यवहार प्रदर्शन गरेकाले बैठक बहिस्कार गरेको भन्दै सदन बाहिर निस्केका थिए।
राप्रपा सांसदहरू बाहिरिएपछि एमाले सांसदहरू पनि कुर्सीबाट उठेर विरोध गरेका थिए। एमाले प्रदेश सांसद तिलकुमार मेन्याङ्बोले सभाध्यक्ष मन्सुरीले संविधानको धारा १८६ विपरीत सोमबारको बैठकमा मुख्यमन्त्री थापाको विश्वासको मत लिने प्रस्तावमा मतदान गरेकाले सदन बहिस्कार गर्ने बताएपछि एमालेका सबै सांसदहरू पनि सदनबाहिर निस्केका थिए।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रा.स्व.पा. का सभापति रवि लामिछानेलाई भैरहवा कारागार चलान
काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा
म्याग्दी । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०८१/८२ मा रु २१ करोड ५४ लाखको लागतमा
काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । ९७ वर्षीय उनको गएराति बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन
सर्लाही। चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै
कैलाली । गौरीगङ्गा नगरपालिका–९ का आइते भुल बिहानै कामका लागि घरबाट निस्कन्छन । ज्यालादारी गरेर जीविकोपार्जन गर्ने उनलाई अचेल खाली