गृहपृष्ठ ∕
नेपाल ∕
प्रहरी अधिकारीहरुको सरुवा नियमित होः प्रधानमन्त्री प्रहरी अधिकारीहरुको सरुवा नियमित होः प्रधानमन्त्री
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रहरी अधिकारीहरुको सरुवा नियमित भएको बताएका छन्। मंगलबार सर्वदलीय बैठकबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले यसमा कुनै शंका मान्नुपर्ने आधार नै नभएको बताएका हुन्।
सोमबार गृहमन्त्रालयले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविनमा संलग्न प्रहरी अधिकारीलाई सरुवा गरेको थियो।
उक्त प्रकरणको अनुसन्धानमा संलग्न काठमाडौँ प्रहरी परिसरका वरिष्ठ उपरीक्षक एसएसपी दानबहादुर कार्की र अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसीलाई सरुवा गरिएको थियो।
प्रहरी अधिकारीद्वयको सरुवालाई लिएर सर्वसाधरणले समेत सरकारमाथि प्रश्न उठाइरहेका बेला प्रधानमन्त्रीले प्रहरी अधिकारीको सरुवा नियमित प्रक्रिया भएको र शंका गर्नुपर्ने कुनै आधार नरहेको बताएका हुन्।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको
काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर
म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति
काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण
डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको
काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी