Techie IT
२०८१ असोज २, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्ती र विवरण गोप्य राख्नु हुँदैनः प्रधानमन्त्री

सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्ती र विवरण गोप्य राख्नु हुँदैनः प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक ओहोदामा रहेका हरेक व्यक्तिको सम्पत्तीसहितका व्यक्तिगत विवरण गोप्य राख्ने प्रचलनको अन्त्य हुनुपर्ने बताएका छन्।

आइतबार १७ औं राष्ट्रिय सूचना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले बोल्दै सरकारी पदमा बसेका हरेक नागरिकको सम्पत्तीसहित व्यक्तिगत विवरण गोप्य राख्ने प्रचलनको अन्त्यका लागि कानुनी व्यवस्था गर्न जरुरी रहेको बताएका हुन्। प्रधानमन्त्री प्रचण्डले राज्यमा भ्रष्टाचार नियन्त्रणका सूचना लिने मात्र होइन दिने संस्कारको विकास गर्न आवश्यक रहेको औंल्याए।

उनले भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रयोग भएका नयाँ प्रविधिमा आधारित ब्लकचेन टेक्नोलोजीको अध्ययन आवश्यक रहेको बताए।

‘सार्वजनिक निकायमा घुस,ढिलासुस्ती, गलत निर्णय, अपारदर्शी व्यवहार जस्ता विषयमा सूचना दिन उत्प्रेरित गर्न सूचनाको साक्षी संरक्षण सम्बन्धी कानुनी व्यवस्था गर्न जरूरी भइसकेको छ,’ उनले भने, ण्ज्ञघघविश्वमा भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रयोग भएको नयाँ प्रविधिमा आधारित ब्लकचेन टेक्नोलोजीको पनि हामीले अध्ययन गर्न आवश्यक छ।’

प्रधानमन्त्री दाहालले सूचना आयोगलाई अझै बलियो र सशक्त बनाउन आफ्नो पहलमा हालै सरकारी भवनको व्यवस्था गरिएको दावी गरे। आयोगलाई अझै सशक्त बनाउन यसको संरचनात्मक सुधार आवश्यक रहेको उनको भनाइ छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ललितपुर क्विन्सले ट्यालेन्ट हन्ट गर्ने

काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (ईडब्लूभीएल)को टोली ललितपुर क्विन्सले असोज ५ गते ट्यालेन्ट हन्ट गर्ने भएको छ । जावलाखेलस्थित

प्रदेश सरकारलाई बलियो बनाएमा गणतन्त्र मजबुत हुन्छ: मधेस मुख्यमन्त्री सिंह

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारलाई बलियो बनाएको खण्डमा मात्र लोकतन्त्र, गणतन्त्र मजबुत भइ संविधान बलियो हुने

जोमसोममा बसपार्क सञ्चालन

म्याग्दी । १८ वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले १६ देशका लागि नेपाली राजदूतको नाम अनुमोदन गरेको छ । बिहीबार सिंहदरबारमा बसेको बैठकले सरकारले

श्रीलंकाको प्रस्तावित राजदूत भट्टराईको शैक्षिक योग्यता भेटिएन

काठमाडौँ । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको न्यूनतम शैक्षिक योग्यता नपुग्ने देखिएको छ । सरकारले श्रीलंकाका लागि प्रस्तावित गरेका

संविधानविरुद्धमा प्रदर्शन गरेको आरोपमा ७ पक्राउ

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि संविधानको विरुद्धमा प्रदर्शन गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

Techie IT