Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेल‘चौथो ब्रिटिस कप– २०२३ इन्टर कलेज फुट्सल टुर्नामेन्ट’को उपाधि थेम्स कलेजलाई

‘चौथो ब्रिटिस कप– २०२३ इन्टर कलेज फुट्सल टुर्नामेन्ट’को उपाधि थेम्स कलेजलाई


काठमाडौँ। ‘चौथो ब्रिटिस कप– २०२३ इन्टर कलेज फुट्सल टुर्नामेन्ट’को उपाधि थेम्स कलेजले जितेको छ। बालुवाटारस्थित ढुकु फुट्सलमा शुक्रबार सम्पन्न फाइनल खेलमा आईएसएमटी कलेजलाई पेनाल्टीमा पराजित गर्दै थेम्सले उपाधि जितेको हो।

विजेता टिम थेम्सले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता टिम आईएसएमटीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ। त्यस्तै, व्यक्तिगततर्फको अवार्ड पनि थेम्सकै दुई खेलाडीहरुले प्राप्त गरेका छन्। थेम्सका मिलन गोदार थापा प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा मोहम्मद फाहिद उत्कृष्ट गोलकिपर घोषित भए। थापा र फाहिदले जनही १०–१० हजार रुपैयाँ प्राप्त गरेका छन्।

कार्यक्रम सफलतापूर्वक सकिएकोमा ब्रिटिस कलेजका चेयरम्यान उपेन्द्रराज शर्माले धन्यवाद तथा बधाई ज्ञापन गरे। ‘हाम्रा सहकर्मी तथा विद्यार्थीहरुको मिहेनतले यो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। म कार्यक्रमको आयोजना गर्ने विद्यार्थीहरु, स्वयंसेवक, सम्पूर्ण टिमहरु तथा स्वयंसेवकहरुलाई धन्यवाद ज्ञापन गर्न चाहान्छु।’

 

प्रतियोगितालाई सभ्य र भब्य बनाउनको लागि कलेजले बिभिन्न संस्थाहरुसँग सहकार्य गरेको थियो। यस पटकको शीर्ष प्रायोजक ग्रेश इन्टरनेशनल कन्सलटेन्सी रहेको थियो। त्यस्तै, इन्स्योरेन्स पार्टनरमा नेको इन्स्योरेन्स लिमिटेड, ई–कमर्श पार्टनरमा एराज, मोबिलिटी पार्टनरमा पठाओ, हस्पिटालिटी पार्टनरमा होटल कन्ट्री भिला, मेडिकल पार्टनरमा वयोधा हस्पिटल्स, मिडिया पार्टनरमा हाम्रो खेलकूद र फुड पार्टनरमा एमके फुड प्रोडक्ट रहेका थिए भने, मेमो गार्डन, रेड मुन, आँखी झ्याल तथा शिव साउण्डले पनि प्रतियोगिताको लागि सहकार्य गरेको थियो।

सन् २०१८ देखि कलेजले निरन्तर रुपमा आयोजना गर्दै आएको प्रतियोगिताको यस संस्करणमा १६ टिमले सहभागिता जनाएका थिए। कलेजका मार्केटिङ हेड अमरदिप मण्डलले सहभागी सम्पूर्ण टिमहरुलाई धन्यवाद ज्ञापन गरे। ‘म विजता थेम्स तथा उपविजेता आईएसएमटीलाई बधाई दिन चाहान्छु। साथै, सहभागी टिमहरु किङ्ग्स कलेज, थेम्स कलेज, एस बिजनेश स्कुल, क्याम्पियन, सेन्ट जेभियर्स, आईआईएमएस, सफ्वेरिका, हेराल्ड केटीएम, सिल्भर माउण्टेन, प्राइम, एपेक्स, नाथम, केसीएम, ब्रिटिस प्रोफेशनल कलेज तथा हाम्रो टिमलाई पनि धन्यवाद दिन चाहान्छु।’

कार्यक्रम भब्यताकासाथ सम्पन्न भएकोमा कलेजका ईसीए कोअर्डिनेटर हिमाल कार्कीप्रति पनि कृतज्ञता व्यक्त गर्दै मण्डलले पाँचौ संस्करण अझै बृहत हुने जानकारी दिए।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT