Techie IT
२०८२ वैशाख ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनगीतकार उपचार कोषको लागि सँगीतिक कार्यक्रम हुँदै

गीतकार उपचार कोषको लागि सँगीतिक कार्यक्रम हुँदै


काठमाडौँ। गीतकार संघ नेपालले यहि १ भदौमा गीतकार उपचार कोष सहयोगार्थ ‘गीतकार सांगीतिक कार्यक्रम’ आयोजना गर्ने भएको छ। शुक्रवार साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा विशेष सांगीतिक कार्यक्रम आयोजना गर्न लागिएको संघका अध्यक्ष बसन्त वित्यासी थापाले बताएका छन्।

सो सांगितिक कार्यक्रमा रत्न शम्शेर थापाद्धारा रचित दुई गीत जाग लम्क चम्क, ए कान्छा ठट्टैमा, किरण खरेलको बसन्त नै बस्न खोज्छ यहाँ, यादव खरेलको गैरी खेतको, भैरवनाथ रिमाल ‘कदम’को जुन फूल मैले, उदास मेरो जीवन प्रस्तुत गरिने भएको छ।

यस्तै नगेन्द्र थापाको चिनारी हाम्रो, राजेन्द्र थापाको पोहोर साल खुसी फाट्दा, प्रेम विनोद नन्दनको ज्यानको माया नैना रेशम, विश्व बल्लभको भाग्यले खुसी, शिवशंकर थापाको भन्थिन् मेरी उनी, दुर्गालाल श्रेष्ठको फूलको आँखामा फूलै संसार बोलका गीतहरु प्रस्तुत गरिने भएको छ।

‘नेपाली गीति लेखनमा यहाँसम्म ल्याइ पुर्याउने र यहाँबाट अगाडि लानु हुने तमाम गीतकार स्रष्टाहरुको छाता संगठन गीतकार संघ नेपालले नेपाली गीत लेखनमा पुर्याएको योगदानलाई कदर गरी गीतकार संघ नेपालले राष्ट्रिय स्रष्टा सम्मानबाट सम्मानित अग्रज गीतकारहरुको चर्चित गीत यो कार्यक्रममा प्रस्तुत गरिने छ।’ थापाले भने।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको प्रमुख अतिथ्यतामा सम्पन्न हुने सांगीतिक कार्यक्रममा अग्रज गीतकारहरुका गीतहरु प्रत्यक्ष बाजा सहित प्रस्तुत गरिने पनि अध्यक्ष थापाले बताए। ती गीतहरु लोकप्रिय तथा प्रतिभाशाली गायक गायिकाहरुले गाउने छन्।

‘नेपाली गीति लेखनमा योगदान पुर्याउने गीतकारहरुको सम्मान तथा गीतकार उपचार कोष सहयोगार्थ आयोजना हुने उक्त सांगितिक कार्यक्रममा नेपाली गीत संगीतको क्षेत्रमा आवद्ध हुनु हुने विभिन्न सरकारी निकाय, संघसंस्था, गीत, संगीतप्रेमीहरु तथा संस्थामा आवद्ध सम्पूर्ण सदस्यहरुलाई आफ्नो स्वइच्छाले टिकट खरिद गर्न हामीले अनुरोध गरेका छौं।’ संघका महासचिब टीका राई (शिब)ले बताएका छन्। तमाम गीतकारहरुको लागि गीतकार उपचार कोषमा धेरै भन्दा धेरै रकम सँकलन गर्ने आफुहरुको लक्ष्य रहेको पनि उनले प्रकाश पारे।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

Techie IT