गृहपृष्ठ ∕
नेपाल ∕
सुन तस्करी प्रकरणमा ३० लाखसहित तीन चिनियाँ पक्राउ सुन तस्करी प्रकरणमा ३० लाखसहित तीन चिनियाँ पक्राउ
काठमाडौँ। त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको सुन तस्करी प्रकरणमा थप तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। मंगलबार काठमाडौँबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकाको साथबाट ३० लाख रुपैयाँ पनि बरामद गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्रोतले जानकारी दिएको छ।
पक्राउ पर्नेमा दुई पुरुष र एक महिला छन्। झाओ हुई, जोङ छ्याङ र ताङ जिङ (महिला) पक्राउ परेका हुन्। यो प्रकरणमा हालसम्म २३ जना पक्राउ परेका छन्। त्यसमध्ये यसअघि नै एकजना हाजिरी जमानीमा छुटेका छन्।
यही साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले तस्करीको सुन बरामद गरेको थियो। मोटरसाइकल र स्कुटीको ब्रेक सुभित्र राखेर सुन भित्र्याइएको खुलेको थियो। सोमबार ब्रेक सुबाट सुन बाहिर निकाल्दा ६० केजी ७८९ ग्राम भएको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको
काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर
म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति
काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण
डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको
काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी