Techie IT
२०८१ चैत्र २९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिएमालेबाट विदा भए केशव स्थापित

एमालेबाट विदा भए केशव स्थापित


काठमाडौँ। नेकपा एमाले नेता केशव स्थापित पार्टीको केन्द्रीय कमिटीबाट हटेका छन्। एमालेले स्थापितसँगै सिरहाका प्रमोद यादवलाई केन्द्रीय सदस्यबाट हटाएको हो।

उनीहरू आफैँले पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाउन नेतृत्वलाई आग्रह गरेकाले एमाले केन्द्रीय कमिटीबाट बिदा गरिएको बताइएको छ।

सोमबार बसेको एमालेको सचिवालय बैठकले उनीहरूको राजीनामा स्वीकृत गरेको हो। बैठकले केदार न्यौपाने र छक्कबहादुर लामालाई भने पार्टीको केन्द्रीय सदस्य बनाएको छ।

गत स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा हारेपछि स्थापित लगभग निस्क्रिय भएका थिए। स्थापितले के गर्ने भनेर सार्वजनिक गरेका त छैनन तर निकटस्थहरुलाई आफूले नयाँ केही गर्न लागेको बताउने गरेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT