गृहपृष्ठ ∕
अर्थ ∕
‘रोड टु ग्लोबल ई स्पोर्ट्स गेम्स क्वालिफायर, रियाद, २०२३’ को रजिष्ट्रेसन खल्तीबाटै ‘रोड टु ग्लोबल ई स्पोर्ट्स गेम्स क्वालिफायर, रियाद, २०२३’ को रजिष्ट्रेसन खल्तीबाटै
काठमाडौँ। खल्तीले ई-स्पोर्ट्स गेमिङप्रति बढ्दो रुचिलाई मध्यनजर गर्दै नेसा र ग्लोबल इस्पोर्ट गेम्सको सहकार्यमा ‘रोड टु ग्लोबल ई-स्पोर्ट्स गेम्स क्वालिफायर’ गेमिङ्ग टूर्नामेन्टको रजिष्ट्रेसन सुविधा उपलब्ध गराउने भएको छ। सो रजिष्ट्रेसन सुविधा यही साउन २४ देखि साउन ३० गते सम्मको लागि उपलब्ध हुने दराजले जानकारी दिएको छ।
साउन ३० देखि सुरु हुने टूर्नामेन्टमा डोटा २, पब जी, स्ट्रिट फाइटर र ई फुटबल गरी चारवटा गेमहरू रहेका छन्। ई–स्पोर्ट्स गेमिङमा रुचि भएका र खेल्न इच्छुक सबैले खल्तीमार्फत् रजिस्ट्रेसन गरी निस्शुल्क सहभागिता जनाउन सक्नेछन्। प्रतियोगीहरूले गेमको नियमहरूमा सीमित रहेर प्रतिस्पर्धा गर्ने बताइएको छ।
सहभागीमध्ये डोटा २ र पबजीतर्फ १–१ टिम साथै स्ट्रिट फाइटर र ई फुटबलतर्फ १-१ प्रतिष्पर्धी नेसनल क्वालिफायरका विजेता बन्नेछन्। क्वालीफायरका विजेताहरूले साउदी अरेबियामा हुने अन्तराष्ट्रिय ई–स्पोर्ट्स गेमिङ टूर्नामेन्टमा सहभागी हुने अवसर प्राप्त गर्नेछन्।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले
सर्लाही। चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै
काठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ
पर्सा । पर्साको वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ ।
काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि