Techie IT
२०८२ वैशाख ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियकतारः तलब माग्दै फिफा विश्वकपका कर्मचारी, ३ जना अझै जेलमा

कतारः तलब माग्दै फिफा विश्वकपका कर्मचारी, ३ जना अझै जेलमा


एजेन्सी । कतारमा सम्पन्न फिफा विश्वकप मध्यपूर्व एसियाली राष्ट्रमा सफल प्रतियोगिताको ट्याग कमाएको करिब पाँच महिना पुगेको छ । यस कार्यक्रमलाई सफल बनाउन हजारौं आप्रवासी कामदारहरूले योगदान दिएका थिए। तर, तलब नपाएको विवाद सुल्झाउन खोज्दा हिरासतमा लिइएका विश्वकपका सुरक्षा गार्डका रूपमा काम गर्ने तीन जना पुरुष पक्राउ परेको महिनौंपछि पनि कतारको जेलमा छन्।

पाकिस्तानका शाकिर उल्लाह र जफर इकबाल र एक भारतीय नागरिकलाई छ महिनाको जेल सजाय र प्रत्येकलाई १०,००० रियाल (२,२०,०००) जरिवाना गरिएको द गार्डियनले रिपोर्ट गरेको छ।

फिफाले कामदारहरूको अधिकारको रक्षा गर्ने बताएको थियो । हाल कतारले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

तीनै जना कर्मचारीहरूलाई स्थानीय निजी सुरक्षा फर्म स्टार्क सेक्युरिटी सर्भिसले प्रमुख प्रतियोगिता स्थलहरूमा काम गर्नका लागि नियुक्त गरेको थियो।

तर, उनीहरूलाई फाइनलको केही दिन पछि छोडिएको थियो । उनीहरूको रोजगार सम्झौतामा भने बाँकी नै रहेको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदै

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले

गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कार

एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध

ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोमिनिकन रिपब्लिकमा नाइटक्लबको छत भत्किँदा ७९ जनाको मृत्यु, १५० जना…

एजेन्सी । डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा कम्तीमा ७९ जनाको मृत्यु भएको छ । दुर्घटनामा

इजरायली प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्दै इजरायली वस्तुहरूमा लगाइएको करमा छुट दिन अनुरोध गरेका

Techie IT