Techie IT
२०८१ भदौ ३०, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीति‘ललिता निवासको विषयमा म छानबिनका लागि तयार छु’

‘ललिता निवासको विषयमा म छानबिनका लागि तयार छु’


काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईले ललिता निवासको सन्दर्भमा थप छानबिन हुनुपर्ने बताएका छन् । संगठन निर्माण तथा विस्तार अभियानमा शनिबार सुर्खेतको वीरेन्द्रनगर पुगेका उनले पत्रकार मार्फत सो प्रकरणमा आफ्नो नाम पनि जोडिएको बताउँदै छानबिन गरौँ भनेर, आफु तयार रहेको बताए ।

अध्यक्ष भट्टराईले देशमा भएका सबै खाले भ्रष्टाचारको छानबिन हुनुपर्ने तर्क राखे ।

‘‘ललिता निवासको विषयमा मेरो पालनामा सानो एउटा निर्णय भएको हो । ३ ४ रोपनी जग्गाको विषय मेरो पालामा भएको हो ।,’’ उनले भने, ‘‘त्यो मेरो नियतबस् नभई मन्त्रिपरिषद्को निर्णय हो । म छानबिनका लागि तयार छु ।’’

साथै भट्टराईले सत्तामा हुँदा सबैले कुनै न कुनै ठाउँमा घोटाला गरेको बताए । त्यस्तै, उनले सत्ता परिवर्तनको खेल खेल्नुभन्दा संविधान नै संशोधन गर्नुपर्ने धारणा राखे ।

‘‘कुनै पनि दलको बहुमत नहुने, कसैले चाहे जतिबेला पनि गठबन्धन परिवर्तन हुने हुँदा हाम्रो निर्वाचन प्रणाली बदल्नुपर्छ ।’’ गठजोडको खेलमा लाग्नुभन्दा संविधान नै संशोधन गरौँ, निर्वाचन प्रणाली बदलौँ भन्ने हाम्रो आग्रह हो ।’’ उनले भने ।

उनले गणतन्त्रपछि भ्रष्टाचार घट्नुको साटो बढिरहेको बताए । भ्रष्टाचारका घटनाहरु उच्चस्तरीय आयोगमार्फत छानबिन गरिनुपर्ने उनको तर्क छ । भट्टराईले अख्तियार निकै कमजोर भएको र त्यसको काम नभएको बताउँदै ललिता निवासको सन्दर्भमा थप छानबिन हुनुपर्ने जोड दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘होस्टेल–३’को छायांकन सुरु

काठमाडौँ । चलचित्र ‘होस्टेल–३’को छायांकन सुरु भएको छ । ललितपुरको कार्यविनायक मन्दिरमा शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको हो । मुहूर्त

प्रभु बैंक गण्डकी प्रदेशमा शैक्षिक केन्द्र स्थापना

काठमाडौँ । प्रभु बैंक लिमिटेडले यही भदौ २८ गते गण्डकी प्रदेश कार्यालय अन्तर्गत स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न

शेयर बजार ५७ अङ्कले घटेर २६ सय विन्दुभन्दा तल

काठमाडाैँ । शेयर बजार आज पनि उच्च अङ्कले घटेको छ । हिजो ५० अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज

ब्रिटिस कलेज संयुक्त राष्ट्रको ग्लोबल कम्प्याक्टमा आबद्ध

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) संयुक्त राष्ट्रको ग्लोबल कम्प्याक्ट (यूएनजीसी)मा आबद्ध भएको छ । संयुक्त राष्ट्र संघको दिगो विकासका

प्रधानमन्त्री ओलीद्वारा राष्ट्र संघको महासभामा भाग लिने विषयमा सदनलाई जानकारी

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै आफूले भाग लिने विषयमा आज

राष्ट्रपति पौडेलले गरे दुवै संसदको अधिवेशन अन्त्य

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का दुवै सदनको अधिवेशन अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा उनले सोमबार (आज) मध्यराति १२ः००

Techie IT