Techie IT
२०८१ माघ १८, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालसरस्वतीलाई अमेरिकामा अवार्ड

सरस्वतीलाई अमेरिकामा अवार्ड


वासिङ्टन डिसी । अमेरिकी विदेशीमन्त्री एन्थोनी ब्लिकेनले नेपालकी सामाजिक अभियान्ता सरस्वती नेपालीलाई ‘ग्लोबल एन्टी रेसिज्म अवार्ड, २०२३’ बाट बुधबार सम्मानित गरेका छन्।

अमेरिकाको विदेश मन्त्रालयमा आयोजित कार्यक्रममा आफ्नो समुदायमा मानव अधिकार र विभेदको विरुद्धमा साहस र वकालत गरेकाले नेपालीलाई उक्त अवार्ड प्रदान गरिएको जनाइएको छ । सरस्वतीले विगत दुई दशकदेखि नेपालमा दलितका विरुद्ध हुने गरेका जाति विभेदविरुद्ध निरन्तर अभियानमा क्रियाशील भएकाले उक्त अवार्ड दिइएको स्टेट डिपार्टमेन्टले जारी गरेको विवरणमा उल्लेख गरिएको छ ।

सीमान्तकृत, अपाङ्गता, गरिब दलितका निम्ति मानव अधिकार र सामाजिक न्यायका लागि लडेकी सरस्वतीलाई यो अवार्ड प्रदान गरिएको हो । उनीसहित ट्युनिसिया, बङ्गलादेश, ब्राजिल, मोल्डोभो र पेरुका सामाजिक अभियन्तालाई पनि सोही अवार्ड प्रदान गरिएको छ । अमेरिकी विदेश मन्त्रालयले प्रदान गरेको उक्त अवार्ड पाउने सरस्वती पहिलो नेपाली छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कृषिउपज सङ्कलन केन्द्र प्रयोगविहीन

नवलपरासी । ग्रामीण क्षेत्रमा उत्पादित कृषिउपज सङ्कलन र बिक्रीका लागि पश्चिम नवलपरासीको सरावलमा निर्माण गरिएको कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा प्रयोगविहीन

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरण

तनहुँ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका एक

संसद्को हिउँदे अधिवेशन आज देखि

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आज देखि शुुरु हुँदैछ । विधेयक अधिवेशनको पहिलो बैठक आज अपराह्न १ बजे नयाँ

राजस्व चुहावट कसुरमा मुद्दा दायर

लुम्बिनी । राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय बुटवल मार्फत बुटवल उपमहानगरपालिका–५ नेपालगञ्जरोड स्थित अलिम इन्टरप्राइजेजका सञ्चालक अलिम मियाँ विरुद्ध

देशभर आज शहीद दिवस मनाइँदै

काठमाडौं । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज

यो सरकार जनताको निराशालाई आशामा बदल्नेछ: अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार जनतालाई आशा जगाउन केन्द्रित भएको बताएका छन् । बिहीबार राष्ट्रिय वाणिज्य

Techie IT