Techie IT
२०८२ वैशाख १५, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालभारतीय गाडीलाई निषेध गर्नुपर्ने माग राख्दै यातायात व्यवसायीको आन्दोलन

भारतीय गाडीलाई निषेध गर्नुपर्ने माग राख्दै यातायात व्यवसायीको आन्दोलन


काठमाडौँ। भाडाको काम गर्ने नीजि प्रयोग गर्ने गाडी बन्द गर्नुपर्ने, नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्नुपर्ने लगायत माग राख्दै यातायात व्यवसायी तथा चालक आन्दोलनमा उत्रिएका छन्। उनीहरू स्वतन्त्र संघर्ष समिति गठन गरी आन्दोलनमा उत्रिएका हुन्।

आन्दोलित ट्याक्सी चालकहरूले नयाँ बानेश्वर यातायात व्यवस्था विभाग अगाडि ५० भन्दा बढी ट्याक्सी तेर्साएर विरोध जनाएका छन्।

उपत्यकामा ट्याक्सी स्ट्याण्ड व्यवस्थापन गरी साँचो खोस्ने र चालकलाई दुर्व्यवहार गर्ने काम बन्द गर्नुपर्ने, नेपाली अंक पहिचानसहितको नेपाली संवत् जिपियस नम्बर कायम गर्नुपर्ने उनीहरूको माग छ।

यस्तै, दुर्घटनामा परी मृत्यु भएमा २५ लाख राहत दिनुपर्ने, ट्याक्सी मिटर सिल चुँडिदा गाडी साहु र चालक जेल जानु पर्ने कानून खारेज गर्नुपर्ने उनीहरूको माग छ।

नपाल भरीको ट्याक्सी भाडा दर एउटै हुनुपर्ने, सम्पूर्ण गाडीको भन्सार २६० प्रतिशत छुट हुनुपर्ने र सेतो, पहेँलो, हरियो, निलो, रातो र कालो प्लेटको गाडी तथा चालकलाई समान व्यवहार गर गर्नुपर्ने उनीहरूको माग छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

द ब्रिटिस कलेज र फिक्कल गाउँपालिकाबीच सहकार्यताको लागि सम्झौता

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य भएको छ । ब्रिटिस

विद्युत् आपूर्तिमा समस्या छैन, लोडसेडिङ पनि हुँदैन : प्राधिकरण

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति

तरबूजा खेती गरेरै जीविका चलाउँछिन् बन्धु चौधरी

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएकी छिन् ।

अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय

इलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा

काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू

Techie IT