एजेन्सी । चीनमा बाढीको खतरा टरेको छैन । बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । अझै पनि वर्षाको खतरा टरेको छैन । यस प्राकृतिक प्रकोपमा हालसम्म ३३ जनाको ज्यान गएको छ भने १८ जना बेपत्ता छन् ।
देशको उत्तरी भूभागमा असामान्य रूपमा भारी वर्षाको खतरा जारी छ। अधिकारीहरुले यो जानकारी दिएका हुन् ।
बेइजिङ शहर सरकारका अनुसार पश्चिमी पहाडको बाहिरी भागमा केही दिनदेखि परेको भारी वर्षाले करिब ५९,००० घर भत्किएको, करिब १ लाख ५० हजार घरमा क्षति पुर्याएको र १५,००० हेक्टर (३७,००० एकड) भन्दा बढी बालीमा बाढी आएको थियो।
सहरका उपमेयर सिया लिन्माओले बुधबार पत्रकार सम्मेलनमा सयभन्दा बढी पुलसहित ठूलो संख्यामा सडकमा क्षति पुगेको र क्षतिको मात्रा हेर्दा पूर्ण पुनर्निर्माण हुन तीन वर्ष लाग्ने बताए।