Techie IT
२०८१ चैत्र २९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालकपिलवस्तुमा पानी जमेको खाल्डोमा डुबेर दाजु–भाइको मृत्यु

कपिलवस्तुमा पानी जमेको खाल्डोमा डुबेर दाजु–भाइको मृत्यु


कपिलवस्तु। कपिलवस्तुमा पानी जमेको खाल्डोमा डुबेर दाजु–भाइको मृत्यु भएको छ। कपिलवस्तुको कृष्णनगर नगरपालिका– ५ वगही गाउँमा एकै परिवारका दाज(भाइको पानीमा डुबेर मृत्यु भएको हो।

मृत्यु हुनेमा स्थानीय ७ वर्षीय साजन यादव र उनका भाइ ५ वर्षीय राजन यादव रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए। मंगलवार साँझ करीब ५ बजे घरबाट निस्केका उनीहरू घर नफर्के पछि खोजी गरिएको थियो। प्रहरी निरीक्षक ओलीले भने,ुदुई भाइ वेपत्ता भएको खबर पाए लगत्तै खोजी कार्य सुरू गर्‍यौं। आज बिहान मात्र उनीहरूलाई घर नजिकैको पानी जम्मा भएको खाल्डोबाट फेला परेको हो।ु

खेतमा बिउ काट्न गएका आफ्ना बाबुलाई खोज्न जाने क्रममा उनीहरूको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरी निरीक्षक ओलीले बताए। जिल्लामा विभिन्न स्थानमा खनिएका खाल्डाहरू नपुरिदा स–साना बालबालिका खाल्डोमा डुबेर मृत्यु हुनसक्ने खतरा रहेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

पाठ्यपुस्तक पर्याप्त छन्: जनक शिक्षा प्रादेशिक कार्यालय

चितवन । नयाँ शैक्षिकसत्र शुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको

‘पोखरा-छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’

कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरु भएको चीनको सिचुवान प्रान्तको छेन्दुको सिधा उडानलाई निरन्तरता दिन

चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा

Techie IT